Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
शुक्रवार, फाल्गुन २१, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
आज प्रचण्ड–नेपाल समूह पुनः निर्वाचन आयोग जादै
सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि
काठमाडौँ आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै
धमाधम रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता
आमाको सम्झनामा ' आमा 'गित सार्बजनिक
सुनको मूल्य लगातार ओरालो लाग्ने क्रम जारी
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार
नवलपुरबाट सार्वजनिक भए विप्लव , २ बजेको कार्यक्रमको लागि काठमाडाैं प्रस्थान
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त
पर्यटन
  • Home
  • News
  • सरकारले बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता दिने
सरकारले बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता दिने
64x64
शनिवार, फाल्गुन ८, २०७७ जनता नेपाल

सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ ।

सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड थिएन ।

विभागले सबै स्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा सङ्केत चिन्हको रुपमा तारा चिन्ह निर्धारण गरेको छ ।

होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले तारे होटलसम्बन्धी नयाँ मापदण्डले होटलको स्तरीकरणका साथै होटलको सेवा सहज ढङ्गले प्राप्त गर्न ग्राहकलाई पनि सहज हुने जानकारीदिनुभयो । उहाँले भन्नुभयो,“यो संसारभरको अभ्यास पनि हो ।

सरकारी मापदण्ड पालना गराउन सजिलो हुन्छ । होटलको स्तरीकरणका साथै सेवा सुदृढिकरणमासमेत सहयोग पुग्छ । हाम्रै (हान) को पहलमा विभागले होटलको स्तर चिन्ह प्रदान गरेको हो ।” विभागका अनुसार सबै तहका होटल तथा रिर्सोटले आफ्नो पहिचान दिने सङ्केत चिन्ह अनुसारको साइनबोर्ड होटलको गेटमै राख्नु पर्नेछ । यसबाहेक हानसँग सम्बन्धित संघ संस्थामध्ये आफु कुन सङ्घमा आवद्ध भएको हो, आवद्धता रहेको सङ्घको समेत चिन्ह बोर्डमै राख्नुपर्ने गरी विभागबाट निर्णय भएको छ ।

वर्गीकरण अनुसार एकतारेदेखि पाँचतारेसम्मका होटलको सङ्केत चिन्ह क्रमशः एकतारादेखि पाँच तारासम्म हुनेछ भने पाँचतारा डिलक्स होटलका लागि पाँचतारा र डिलक्क शब्द राख्नुपर्नेछ । त्यस्तै साधारण हेरिटेज बुटिक होटलको न्यूनतम स्तर तीन तारे हुनेछ ।

जसको सङ्केत चिन्हमा ‘तीन तारा र स्टाण्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ । डिलक्स हेरिटेज बुटिक होटलका लागि ‘चारतारा र डिलक्ज हेरिटेज बुटिक’ शब्दले सङ्केत गरिने भएको छ । लक्जरी हेरिटेज बुटिक होेटलका लागि ‘पाँचतारा र लक्जरी हेरिटेज बुटिक’ शब्द राखिने भएको छ । रिर्सोटतर्फ साधारण रिर्सोटले तीन तारे स्तरको मान्यता पाएको छ । यस्तो रिर्सोटले तीनतारा र स्टाण्डर्ड रिसाेर्ट शब्द लेखेको सङ्केत चिन्ह पाएको छ ।

डिलक्स रिर्सोटले चारतारा र लक्जरी रिसाेर्टले पाँचतारा र लक्जरी रिर्सोट शब्द राखेर आफ्नो रिर्सोटको पहिचान जनाउन सक्ने गरी निर्णय भएको छ ।

पर्यटक स्तरका होटेलको सङ्केत चिन्ह ‘टीएस’ हुनेछ । साविकमा पर्यटन विभाग र मातहतका कार्यालयबाट पर्यटक स्तरको होटेलको स्तर वर्गिकरण भएका र अहिले प्रदेश सरकारको निकायबाट यस स्तरको होटेलमा वर्गिकरण भएका सबै होटलले गोलाकार भित्र रातो रङगमा (टीएस) लेखेको चिन्हलाई होटलको सङ्केत चिन्हका रुपमा प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।

मोटलका लागि विभागले ‘एम’सङकेत चिन्ह दिएको छ । गोलाकार रेखा भित्र रातो रङगमा ‘एम’ लेखिएको चिन्ह निर्धारण गरिएको छ । साविकमा पर्यटन विभाग र मातहतका कार्यालयमा दर्ता भएका र अहिले प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका मोटलले यो चिन्ह प्रयोग गर्नुपर्नेछ ।
‘पर्यटक इन’ स्तरमा वर्गिकरण भई सञ्चालनमा रहेका होटलले भने ‘आइ’ सङ्केत चिन्ह प्रयोग गर्नुपर्नेछ । बेड एण्ड ब्रेक फास्टका रुपमा दर्ता भएका होटेलहरुको सङ्केत चिन्ह गोलाकार घेराभित्र रातो रङ्गमा ‘बीएण्डबी’ लेखिएको चिन्हलाई सङ्केत चिन्हका रुपमा निर्धारण गरिएको छ ।

सबै स्तरका रिर्सोट, तारास्तरका होटेल, सबै स्तरका बुटिक होटेल र रिर्सोटले प्रवेशद्धारमा सबैले देख्ने गरी साइनबोर्ड राख्नुपर्ने विभागले जनाएको छ । साइनबोर्ड भने सम्बन्धित स्थानीय तहले तोकेको आकार र बनोट अनुसार छनोट गर्न सकिनेछ । यसरी रहने साइनबोर्डको समेत मापदण्ड तोकिएको छ । साइनबोर्डको माथिल्लो भागमा नेपालको रङ्गीन निशाना छाप राख्नुपर्ने भएको छ ।


प्रकाशित मिति: शनिवार, फाल्गुन ८, २०७७, ०८:४४:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सगरमाथा चढ्न तीन सयको ‘बुकिङ’
कावासोतीस्थित बालुवाडाँडाबाट प्याराग्लाइडिङको परीक्षण सफल
सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु
इन्डोनेशियासँग हवाइ सम्झौताको हुँदै , इन्डोनेशियाको गरुडा एयर उडान गर्न इच्छुक
पर्यटन
नेपाल एयरलाइन्सको पहिलोपटक मकाउमा उडान
64x64
बुधवार, माघ ७, २०७७ जनता नेपाल
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक मकाउ गन्तव्यमा उडान भरेको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गरेको हो । वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन ‘न्यारोबडी ए ३२०’ जहाजले चार्टर्ड उडान गरेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । पुरा पढ्नुहोस्
पर्यटन
हवाई उडानलाई विकेन्द्रीकरण गरिने : उड्डयनमन्त्री भानुभक्त ढकाल
64x64
शनिवार, पुष २५, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
ताजा समाचार
आज प्रचण्ड–नेपाल समूह पुनः निर्वाचन आयोग जादै शुक्रवार, फाल्गुन २१, २०७७
सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि
काठमाडौँ आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै
धमाधम रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता
आमाको सम्झनामा ' आमा 'गित सार्बजनिक
सुनको मूल्य लगातार ओरालो लाग्ने क्रम जारी
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार
नवलपुरबाट सार्वजनिक भए विप्लव , २ बजेको कार्यक्रमको लागि काठमाडाैं प्रस्थान
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त
स्वास्थ्य
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त जनता नेपाल
नेपालमा कोरोना : कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु, ८७ जना संक्रमित नयाँ थपिए जनता नेपाल
पिसाब पोल्ने वा दुख्ने समस्या छ ? यस्तो छ, कारण र घरेलु उपचार जनता नेपाल
अन्तर्राष्ट्रिय
सैन्य कू गरेयता पहिलोपटक म्यान्मारका सेना प्रमुखले गरे सम्बोधन मंगलवार, माघ २७, २०७७
अविरल वर्षापछि मोरक्कोमा बाढीपहिरो : कम्तिमा २४ जनाको मृत्यु मंगलवार, माघ २७, २०७७
भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु पुस्टि, ३०० बढी बेपत्ता सोमवार, माघ २६, २०७७
रोजगार
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
सेनामा रोजगार: सेनाले माग्यो २०० जना क्याप्टेन, प्रमाणपत्र तह पास गरेकाले दरखास्त दिनसक्ने बिहिवार, माघ २२, २०७७
पाँच वर्षपछि इजरायलमा खुल्यो रोजगारी, जाने खर्च-आम्दानी यस्तो छ शुक्रवार, माघ ९, २०७७
उद्योग
सुर्य प्लाई २५ औ वर्षमा प्रवेश
उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
नवलपुरमा भेटियो शुद्ध फलामखानी, चीनमा गरिएको परिक्षणमा ३५ प्रतिशतसम्म शुद्ध फलाम
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #विप्लव समूह
  • #म्युजिक भिडियो
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP