Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
सोमवार, चैत्र ३०, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
शिवपुरी राष्ट्रिय निकुञ्‍जमा डढेलो : तीनवटा हेलीकोप्टरबाट पानी खसालेर निभाईयो
वैशाख १ मा राष्ट्रपतिले फेरि ४५२ लाई विभूषित गर्दै
घोडेजात्राको रौनक यस्तो देखियो (फोटो फिचर)
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच फोन संवाद
कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए
गैँडा गणना आज सकियो, भोलि नतिजा सार्वजनिक गरिने
विद्यालय वा अन्य स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने सिफारिस
समाज
  • Home
  • News
  • स्वस्थानी व्रत समापन
स्वस्थानी व्रत समापन
64x64
आइतवार, फाल्गुन १६, २०७७ जनता नेपाल

पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने क्रम शनिबार बेलुकी नै समापन गरी बर्तालु रातभर जाग्राम बसेका थिए ।

जाग्रामपछि आज बिहान एक महिनासम्म स्वस्थानी देवीलाई चढाइएको फूलपाती नजिकैको नदी, ताल, तलाउ वा पोखरीमा लगी सेलाउने व्रत विधि छ ।

विधिपूर्वक एक महिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन शनिबार १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ-आठ प्रसाद पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानीदेवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नागनागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिनुभयो ।

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत पनि आज बिहान स्नानलगायत कर्म गरी समापनको तयारी गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।


प्रकाशित मिति: आइतवार, फाल्गुन १६, २०७७, ०३:१४:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शिवपुरी राष्ट्रिय निकुञ्‍जमा डढेलो : तीनवटा हेलीकोप्टरबाट पानी खसालेर निभाईयो
वैशाख १ मा राष्ट्रपतिले फेरि ४५२ लाई विभूषित गर्दै
घोडेजात्राको रौनक यस्तो देखियो (फोटो फिचर)
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच फोन संवाद
समाज
कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन
64x64
शुक्रवार, चैत्र २७, २०७७ जनता नेपाल
कुर्था-जयनगर रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भए पनि कानूनको अभावका कारण सो रेल सेवा शुरु हुन सकेको छैन । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो रेलमार्ग गत आर्थिक वर्षमा नै सम्पन्न भएको थियो । सो खण्डमा सञ्चालनका लागि सरकारले खरिद गरेको रेल छ महिना पहिले आइपुगेको थियो । रेल आएपछि सञ्चालनका लागि आवश्यक जनशक्ति र अरु प्राविधिक तयारी गरिएको नेपाल रेल्बे कम्पनी प्रालिका महानिर्देशक गुरु भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “कानून बनेपछि तुरुन्त नै रेल चलाउन सकिनेछ ।” पुरा पढ्नुहोस्
समाज
गैँडा गणना आज सकियो, भोलि नतिजा सार्वजनिक गरिने
64x64
शुक्रवार, चैत्र २७, २०७७ जनता नेपाल
पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार साँझसम्म गणना सम्पन्न गरेर शनिबार दिउँसो नतिजा सार्वजनिक गरिँदैछ । पुरा पढ्नुहोस्
ताजा समाचार
शिवपुरी राष्ट्रिय निकुञ्‍जमा डढेलो : तीनवटा हेलीकोप्टरबाट पानी खसालेर निभाईयो आइतवार, चैत्र २९, २०७७
वैशाख १ मा राष्ट्रपतिले फेरि ४५२ लाई विभूषित गर्दै
घोडेजात्राको रौनक यस्तो देखियो (फोटो फिचर)
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच फोन संवाद
कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए
गैँडा गणना आज सकियो, भोलि नतिजा सार्वजनिक गरिने
विद्यालय वा अन्य स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने सिफारिस
स्वास्थ्य
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि जनता नेपाल
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए जनता नेपाल
कोरोना संक्रमित बढ्न थाल्यो, चौबिस घण्टामा २६६ सङ्क्रमित थपिए जनता नेपाल
अन्तर्राष्ट्रिय
भारतमा माओवादी हमला: कम्तिमा २२ सुरक्षाकर्मीको मृत्यु आइतवार, चैत्र २२, २०७७
भारतमा एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित थपिए शुक्रवार, चैत्र १३, २०७७
राजनीतिक संकटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति शनिवार, फाल्गुन २९, २०७७
रोजगार
नेपाल प्रहरीमा एकैपटक एक सय ४९ इन्सपेक्टर भर्ना (सूचीसहित) आइतवार, चैत्र ८, २०७७
जीटुजीमार्फत कतारमा कामदार पठाउन सरकार गृहकार्यमा बुधवार, फाल्गुन २६, २०७७
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
उद्योग
चार ठूला चिनी उद्योगहरू बन्द, चिनीको आयातमा ठूलो रकम बाहिरिने
चौधरी ग्रुपमाथि गरिबी निवारण मन्त्रालयको कारबाही, १४ रोपनी सरकारी जग्गा कब्जा गरेको खुलाशा
रुपन्देहीको प्लाईवुड फ्याक्ट्रीमा आगलागी हुँदा ९ करोडको क्षति
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #विप्लव समूह
  • #म्युजिक भिडियो
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP