नेपालमा रिभेन्ज पोर्न अर्थात् नग्न भिडियो तथा फोटो सार्वजनिक गरेर बदला लिने अपराध पनि देखिन थालेको छ । यसमा पनि किशोर किशोरी नै धेरै देखिएका छन् ।
नक्कली फेसबुक अकाउन्ट बनाएर ग्रुप म्यासेन्जर, भाईबरमा गोप्य फोटो सार्वजनिक गर्ने तथा अश्लील साइटहरुमा हाल्ने समेतका गतिविधि देखिएका छन् । गत २८ असारमा गोंगुबका सुजन श्रेष्ठलाई साइबर ब्यूरोले पक्राउ गरेको थियो । उनले १७ वर्षीया एक किशोरीको गोप्य भिडियो ब्लुसंसार नामक वेभसाइड बनाई अपलोड गरेको खुलेका थियो । सामाजिक सञ्जालका विभिन्न समूह बनाएर रिभेन्ज पोर्नका गतिविधि देखिएपछि प्रहरीले निगरानी गरी त्यस्ता समूह बन्द गराउँदै आएको छ ।
त्यस्तै उच्च पदस्थ व्यक्तिहरुको फोटो बिगारेर सामाजिक सञ्जालमा हाल्ने, फेसबुक अकाउन्ट ह्याक गर्ने जस्ता घटनामा पनि किशोर किशोरीकै संलग्नता देखिएको छ ।
कसैसँग रिस उठेमा नक्कली फेसबुक अकान्उट बनाउने र नागों फोटोमा अन्य व्यक्तिको टाउको जोडेर सामाजिक सञ्जालमा राख्नेहरु पनि बारम्बार पक्राउ पर्दै आएका छन् । नेपाली कलाकारहरुलाई सताउँदै आएका अछामका किरण बुढालाई प्रहरीले २९ असोजमा पक्राउ गरेको थियो । सामाजिक सञ्जालसम्बन्धि प्रष्ट कानूनको अभाव तथा नयाँ पुस्तामा यसको प्रयोगबारे शिक्षाको अभावले उनीहरु यस्ता अपराधतर्फ लागेको प्रहरीको निष्कर्ष छ ।
अबका दिनमा यस्ता अपराध अझै बढ्न सक्ने भएकाले नेपालमा प्रयोग हुने सामाजिक सञ्जालसम्बन्धि साइट तथा एपहरुलाई नेपाल सरकारले अनुमति दिनुपर्ने व्यवस्था जरुरी भएको प्रहरी अधिकारीहरुको भनाइ छ । मुख्य विषय चाँही प्रविधि चलाउनेहरु सुरक्षाको विषयमा पनि सचेत हुन जरुरी देखिएको छ ।यो खबर दृष्टि साप्ताहिकमा छापिएको छ।