विश्वमै धेरै हेरिने ‘पोर्नसाइट’ पोर्नहबमा नेपाली युवतीहरुले भिडियोहरु राख्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पैसा कमाउनकै लागि कतिपय यस्तो गतिविधिमा देखिएका छन् ।
इन्स्टाग्राममार्फत उनीहरुले प्रचार समेत गर्दै आएका थिए । सन्धा क्वीन नामक यस्तै इन्टाग्राम अकाउन्ट बन्द गरेर प्रहरीले पोर्नहबबाट उनीहरुको भिडियो समेत डिलिट गराएको थियो । तर, उनीहरुले नयाँ अकाउन्टबाट यस्ता गतिविधि जारी राखेको प्रहरीले जनाएको छ ।
‘नेपाली युवाहरुलाई लक्षित गरी यस्ता भिडियोहरु राखिएको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी बताउँछन् । ‘कतिसम्म भने पछि न्यूड च्याट गर्न इसेवामा पैसा हाल्न लगाउने किसिमको गतिविधि समेत देखियो,’ ती प्रहरी अधिकारीले भने । यसमा धेरै जसो १७÷१८ वर्ष उमेरका युवतीहरु नै देखिएका छन् ।
। एसपी राय भन्छन्,‘यसमा किशोर किशोरी भन्दा अभिभावक धेरै जिम्मेवार छन् । इन्टरनेटमा छोरा छोरी के हेरिरहेका छन्, के गरिरहेका छन् भन्ने अभिभावकलाई थाहै हुन्न । सेफ इन्टरनेट तथा चाइल्ट इन्टरनेटको मात्र बालबालिकालाई प्रयोग गर्न दिनुपर्छ । धेरै अभिभावकलाई यसबारे जानकारी नभएको पनि हुनसक्छ । इन्टरनेटमा के गर्नु अपराध हो भन्ने जानकारी छैन ।
भर्खरका रमाइलोका लागि भन्दै कलिला केटाहरु फेसबुक बलात्कारी समूह बनाएर बलात्कार गर्न उस्काइरहेका छन् । कतिपय इन्टरनेटबाटै ठगीको धन्दामा लागेका छन् ।’दृष्टि साप्ताहिकमा यो खबर प्रकाशित छ।