Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
शुक्रवार, फाल्गुन २१, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
आज प्रचण्ड–नेपाल समूह पुनः निर्वाचन आयोग जादै
सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि
काठमाडौँ आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै
धमाधम रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता
आमाको सम्झनामा ' आमा 'गित सार्बजनिक
सुनको मूल्य लगातार ओरालो लाग्ने क्रम जारी
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार
नवलपुरबाट सार्वजनिक भए विप्लव , २ बजेको कार्यक्रमको लागि काठमाडाैं प्रस्थान
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त
विज्ञान / प्रविधी
  • Home
  • News
  • थाहा पाईराखौ, कीबोर्डमा हुने १२ वटा फङ्सन की ले के काम गर्छ ?
थाहा पाईराखौ, कीबोर्डमा हुने १२ वटा फङ्सन की ले के काम गर्छ ?
64x64
मंगलवार, माघ १३, २०७७ जनता नेपाल

काठमाडौं । एउटा पुरा आकारको कीबोर्डमा जम्मा १०१ देखि १०५ सम्म की हुने गर्दछन् । यद्यपि कम्प्याक्ट सिस्टम वा ल्यापटपमा यस्ता कीको संख्या कम हुने गर्दछ ।

कीबोर्ड जतिसुकै सानो होस्, त्यसमा अल्फाबेटका साथै फङ्सन की भने रहेकै हुन्छन् । यी फङ्सन की एफ वान देखि एफ ट्वेल्भ सम्म हुने गर्दछन् । आज हामी तपाईंलाई यी सबै फङ्सन कीको प्रयोगको बारेमा बताउँदै छौं ।

यस्तो छ कीबोर्डका फङ्सन कीको काम

F1: जब कम्प्युटर अन हुन्छ, त्यस समय यो बटन दबाउँदा सिस्टमको सेटअपमा पुग्न सकिन्छ । यहाँबाट बूट प्रोसेस वा अन्य सेटिङ समेत परिवर्तन गर्न सकिन्छ । साथै विण्डोज कीसँगै F1 प्रेस गर्दा विण्डोजको हेल्प तथा सपोर्ट सेक्सनमा जान सक्नुहुन्छ ।

F2: यो कीको सहयोगमा तपाईं कुनै पनि फाइललाई रिनेम गर्न अर्थात त्यसको नाम एडिट गर्न सक्नुहुन्छ । जब धेरैजसो फाइलको नाम एउटै जस्तो हुन्छ, त्यस्तोमा ती सबै फाइललाई सेलेक्ट गरेर यो की दबाउँदा सजिलोसँग नाम फेर्न सकिन्छ ।

माइक्रोसफ्ट वर्डमा Ctrl को साथमा यो की प्रेस गरेर फाइलको प्रिन्ट प्रिभ्यू हेर्न सकिन्छ । साथै यदि तपाईं माइक्रोसफ्ट एक्सेलमा काम गर्दै हुनुहुन्छ भने यसको सहयोगमा कुनै बक्समा कन्टेन्ट थप गर्न सक्नुहुन्छ ।

F3: विण्डोजमा यो कीमार्फत सर्च बक्स खोल्न सकिन्छ । यसको अर्थ तपाईं सजिलै कुनै पनि फाइल वा फोल्डर सर्च गर्न सक्नुहुन्छ । MS DOS मा यो की दबाउँदा पहिला टाइप गरिएको कमाण्ड पुनः टाइप हुन थाल्दछ ।

F4: माइक्रोसफ्ट वर्डमा यो की प्रेस गर्दा पछिल्लो काम दोहोर्‍याउन सकिन्छ । उदाहरणको लागि तपाईंले जुन शब्द टाइप गर्नुभएको थियो, त्यो पुनः टाइप हुनेछ । साथै जुन शब्द बोल्ड गर्नु भएकोछ, त्यो पनि त्यस्तै गरी टाइप हुनेछ ।

यसैगरी Alt+F4 र Enter एक साथ थिचेर कम्प्युटरलाई लगअफ अर्थात बन्द गर्न सक्नुहुन्छ । डेक्सटपमा कुनै प्रोग्राममा काम गरिरहनु भएको छ भने Alt+F4 दबाएर त्यसलाई अथवा विण्डोलाई बन्द गर्न सक्नुहुन्छ ।

यदि तपाईंले ब्राउजरमा कुनै ट्याब खोलिरहनु भएको छ भने Ctrl+F4 थिचेर त्यसलाई बन्द गर्न सक्नुहुन्छ भने माइक्रोसफ्ट एजमा F4 प्रेस गरेर एड्रेस बारमा पुग्न सक्नुहुन्छ ।

F5: कम्प्युटरलाई रिफ्रेश गर्नका लागि यो की उपयोगी हुने गर्दछ । यसबाट फाइलहरु अटोमेटिक रुपमा व्यवस्थित हुने गर्दछन् । पावर प्वाइन्टमा यसलाई दबाउँदा स्लाइड शो सुरु हुन्छ ।

F6: यो की दबाउँदा विण्डोजमा खुलेका फोल्डरभित्रका कन्टेन्ट देखिन थाल्छन् । माइक्रोसफ्ट वर्डमा खुलिरहेका कयौं डकुमेन्टलाई एक एक गरी हेर्नका लागि Control+Shift+F6 दबाउन सकिन्छ । यसैगरी ब्राउजरमा हुनुहुन्छ भने यो कीमार्फत सोझै त्यसको एड्रेसबारमा पुग्न सक्नुहुन्छ ।

F7: माइक्रोसफ्ट वर्डमा यदि यो की दबाउने हो भने त्यसमा तपाईं जुनसुकै शब्द टाइप गर्नुहुन्छ, त्यसको स्पेलिङ चेक हुनेछ । साथै वर्ड र एक्सेलमा Shift+F7 थिचेर तपाईंले समान अर्को शब्द फेला पार्न सक्नुहुन्छ ।

F8: माइक्रोसफ्ट वर्डमा टेक्स्टलाई सेलेक्ट गर्नका लागि यो की प्रयोग हुने गर्दछ ।

F9: माइक्रोसफ्ट आउटलुकमा ईमेल पठाउन वा प्राप्त गर्नका लागि यो कीको प्रयोग हुने गर्दछ । कयौं ल्यापटपमा यसको सहयोगमा स्क्रिन ब्राइटनेस समेत कन्ट्रोल गर्न सकिन्छ ।

F10: कुनै पनि सफ्टवेयरमा काम गर्दैगर्दा यो की दबाएर मेनु खोल्न सकिन्छ । यस अलावा Shift सँगै F10 प्रेस गर्दा यसले माउसको राइट क्लिकको काम गर्दछ ।

F11: इन्टरनेट ब्राउजरमा फुल स्क्रिन भ्यूका लागि यो की प्रयोग गर्न सकिन्छ । साथै कुनै टेबललाई सेलेक्ट गरेर यो बटन प्रेस गरेर चार्ट तयार पार्न सक्नुहुन्छ ।

F12: माइक्रोसफ्ट वर्डमा यो की प्रेस गर्दा सेभ एजको अप्सन खुल्दछ । Shift सँगै F12 दबाउँदा माइक्रोसफ्ट फाइल सेभ हुन पुग्छ । साथै Ctrl+Shift+F12 थिचेर एक्सेल वा वर्ड फाइललाई प्रिन्ट गर्न सक्नुहुन्छ ।


प्रकाशित मिति: मंगलवार, माघ १३, २०७७, १०:१८:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यूआर कोड भुक्तानी बढ्न थालेपछि मापदण्ड तयार
जहाजमा यात्रा गर्दा मोबाइल किन ‘एयरप्लेन मोड’ मा राख्नुपर्छ ? यस्तो छ जान्नैपर्ने कुरा
ड्राइभिङ लाइसेन्सका लागि घरबाटै यसरी भर्नुहोस् फर्म ( अनलाईन बिधि सहित)
अब ‘क्यूआर कोड’ मार्फत नयाँ बसपार्कमा बस टिकटको भुक्तानी
विज्ञान / प्रविधी
अब सरकारी सेवा लिँदा कागजपत्र बोक्नुपर्ने झन्झटको अन्त्य, हेर्नुहोस् नागरिक एपले यसरी कामगर्छ
64x64
आइतवार, माघ ४, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
विज्ञान / प्रविधी
नेपाल टेलिकम प्रयोगकर्ताले यी वेबसाइट चलाउँदा पैसा लाग्दैन
64x64
शनिवार, पुष २५, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
ताजा समाचार
आज प्रचण्ड–नेपाल समूह पुनः निर्वाचन आयोग जादै शुक्रवार, फाल्गुन २१, २०७७
सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि
काठमाडौँ आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै
धमाधम रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता
आमाको सम्झनामा ' आमा 'गित सार्बजनिक
सुनको मूल्य लगातार ओरालो लाग्ने क्रम जारी
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार
नवलपुरबाट सार्वजनिक भए विप्लव , २ बजेको कार्यक्रमको लागि काठमाडाैं प्रस्थान
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त
स्वास्थ्य
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त जनता नेपाल
नेपालमा कोरोना : कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु, ८७ जना संक्रमित नयाँ थपिए जनता नेपाल
पिसाब पोल्ने वा दुख्ने समस्या छ ? यस्तो छ, कारण र घरेलु उपचार जनता नेपाल
अन्तर्राष्ट्रिय
सैन्य कू गरेयता पहिलोपटक म्यान्मारका सेना प्रमुखले गरे सम्बोधन मंगलवार, माघ २७, २०७७
अविरल वर्षापछि मोरक्कोमा बाढीपहिरो : कम्तिमा २४ जनाको मृत्यु मंगलवार, माघ २७, २०७७
भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु पुस्टि, ३०० बढी बेपत्ता सोमवार, माघ २६, २०७७
रोजगार
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
सेनामा रोजगार: सेनाले माग्यो २०० जना क्याप्टेन, प्रमाणपत्र तह पास गरेकाले दरखास्त दिनसक्ने बिहिवार, माघ २२, २०७७
पाँच वर्षपछि इजरायलमा खुल्यो रोजगारी, जाने खर्च-आम्दानी यस्तो छ शुक्रवार, माघ ९, २०७७
उद्योग
सुर्य प्लाई २५ औ वर्षमा प्रवेश
उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
नवलपुरमा भेटियो शुद्ध फलामखानी, चीनमा गरिएको परिक्षणमा ३५ प्रतिशतसम्म शुद्ध फलाम
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #विप्लव समूह
  • #म्युजिक भिडियो
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP