अनलाइन आवेदन दिन सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट (www.dotm.gov.np) खोल्नुहोस् । त्यसको भित्र दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिङ्कहरू’ भन्ने सेक्सनभित्र रहेको ‘अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली’ लिंकमा क्लिक गर्नुहोस् ।

त्यहाँ क्लिक गर्दा नयाँ विन्डोज खुल्नेछ । जसको सबैभन्दा माथि निलो रंगले लेखिएको ‘Online Driving License Registration’ मा क्लिक गर्नुहोस् ।

यसपछि आउने नयाँ विन्डो ‘सिटिजनसिप’ मा नेपाल छानेर New License मा अप्लाई गरी ‘Proceed मा क्लिक गर्नुहोस् ।

‘प्रोसिड’ मा क्लिक गरेसँगै त्यहाँ फारम खुल्नेछ । उक्त फारममा आवश्यक जानकारी भरी (त्यहाँ भएका ‘category ’ र ‘mobile number ’ भर्नैपर्छ, एकपटक लेखेपछि मिलाउन पनि मिल्दैन ।) अन्त्यमा रहेको ‘submit’ मा क्लिक गर्नुहोस् ।

जब तपाईंले अनलाइन फारम भरेर ‘submit’ मा क्लिक गर्नुहुन्छ ।

यदि फारम एक्सेप्ट भएको खण्डमा त्यहाँ भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्ने हुन्छ । उक्त पेपरमै तपाईंको बायोमेट्रिकका लागि समय उल्लेख गरिएको हुन्छ ।
उक्त तेकिएको समयमा तपाईं बायोमेट्रिकका लागि आवेदक फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ ।
बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिने लगायतका काम हुन्छ । साेही दिन तपाईंको लिखित परीक्षा दिने समय समेत तपाईंले कार्यालयबाट जानकारी प्राप्त गर्नु हुनेछ ।