नेपालबाट युरोपमा अध्ययन गर्न जाने प्रमुख देशहरु कुन कुन हुन् ?
नेपालबाट ठूलो संख्यामा विद्यार्थीहरु युरोपियन देशमा पढ्न जाँदैनन् ।युरोपियन मुलुकमा अध्ययनकै लागि भनेर अलिक ठूलो संख्यामा विद्यार्थी जाने मुलुक भनेको जर्मनी, नर्वे, स्विडेन, फ्रान्स, डेनमार्क लगायतका छन् । यी देशमा अध्ययनका लागि भनेर नेपाली विद्यार्थी जाने गरेका छन् । युरोपियन देशमा पढ्न जाने विद्यार्थीले फिनल्याण्ड, नेदरल्याण्ड , पोल्याण्ड ,बेल्जियम जस्ता राष्ट्रका विश्वविद्यालय पनि रोज्ने गरेका छन् ।
विद्यार्थीहरु त माल्टा, साइप्रस, लगायतका देशमा पनि जाने गरेका छन् र यो पनि नेपाली विद्यार्थीकालागि उपयुक्त शैक्षिक गन्तव्यको रुपमा प्रचार गरिदैँ आएको अवस्था छ, के भन्नुहुन्छ ?
अहिलेको अवस्था भनेको ग्लोवल भिलेजको हो । हामी यहाँबाट नै कुन देशको विश्वविद्यालय वा क्याम्सको भौतिक शैक्षिक गुणस्तर कस्तो छ भनेर अध्ययन गर्न सक्छौँ ।युरोपको आर्थिक रुपमा सवल केहि देशबाहेक धेरै जसो देश माल्टा, साइप्रस, लिथुयानिया, ल्याटभिया , चेकरिपब्लिक, स्टोनिया लगायत पूर्वि युरोपका धेरै देशहरु आर्थिक रुपमा सवल छैनन् त्यहाँ आफ्नो करिअर बनाउछु भन्नु मुर्खता हो । नेपाली विद्यार्थीहरु त्यसलाई इन्ट्रि पोइन्ट बनाएर स्पेन र पोर्चुगल जस्ता देशमा गएर काम गरेर लुकेर बसेको अवस्था छ ।स्टुनिया, साईप्रसमा विद्यार्थीहरुलाई जिविकोपार्जन गर्न पनि गाह्रो अवस्था छ । त्यहाँ आफ्नो भविष्य देख्ने भन्दा पनि त्यसबाट अन्यत्र जान सकिने आसमा नेपालीहरु त्यस्ता देशमा जाने गरेका हुन् । साइप्रस नेपालमा प्रचार गरिएको जस्तो देश होइन । यो युरोपियन युनियन भित्रको राष्ट्र त हो तर सेन्जेन स्टेट होइन । सेन्जेन स्टेट भिजा इस्यु हुदाँ २६ वटा राष्ट्रमा जान यस भिसाले काम गर्छ । साइप्रसको भिषाले अरुदेशमा जान भिल्दैन ।
युरोपियन राष्ट्रमा विशेष गरेर उनीहरुको आफ्नो छुट्टै भाषा भएकाले नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि जान असर पर्छ कि पर्दैन ?
युरोपियन मुलुकहरु साना साना देशका पनि आफ्ना छुट्टै स्थानिय भाषा भएकाले आफू जाने देशको भाषा सिकेर जानु नै उपयुक्त हुन्छ । सामान्यतया युरोपियन देशमा अग्रेजी नवोल्नेहरुले पनि बुझ्न सक्ने भएकाले अध्ययन र दैनिक गुजारा चलाउनका लागि भाषागत ज्ञानले ठूलो समस्या निम्त्याउदैन ।
युरोपियन देशमा अध्ययन गर्न जानुपूर्व चाहिने न्यूनतम योग्यताहरु के के छन् ?
युरोपियन मुलुकका देश अनुसारका आफ्ना पोलिसिहरु पनि फरकफरक छन् । जर्मन, स्विडेन, डेनमार्क सबैका आ–आफ्नै भिसा पोलिसिहरु रहेका छन् । युरोपभित्र हाम्रो प्राथमिकतामा भएका मुलुकहरु नर्वे, जर्मनी, फिनल्याण्ड लगायतका देशमा विद्यार्थी अध्ययनकै लागि जाने हो । उनीहरु यी राष्ट्रका सरकारी विश्वविद्यालयमा अध्ययन गर्न जाने भएकाले जहाँ फ्री एजुकेशन छ त्यही नै जान्छन् । क्षमतावान, जेहेन्दार विद्यार्थीहरुलाई मात्र यी विश्वविद्यालयले छात्रवृत्ति उपलव्ध गराउछन् । अंग्रेजी भाषा परिक्षा आईईएलटिएसमा राम्रो स्कोर मिनिमम ६.५ ल्याउनुपर्ने हुन्छ । करिअर प्लान भएका विद्यार्थीहरु नै यी देशमा अध्ययनका लागि जाने भएकाले शैक्षिक योग्यता र भाषा परिक्षा नै प्रमुख हो ।राम्रो एकेडेमीक पृष्ठभूमि भएका विद्यार्थीले राम्रो विश्वविद्यालयमा भर्ना पाउँछन् । उनीहरु फ्रीमा पढ्न जाने भएकाले पार्ट टाइमा काम गरेर खान बस्न पुग्छ । लगानी पनि ठूलो लाग्दैन । विद्यार्थीलाई लगानी डुव्ने डर पनि हुँदैन ।आफ्नो करिअर आफै बनाउन सक्छन् । भिसाको समयावधि सकिनु अगावै अन्य कोर्षमा अध्ययनका लागि भर्ना पनि हुने गरेका छन् । भोली मास्टर्स, पिएचडि गरेर मात्र स्वदेश फर्कन्छु भन्ने सोच राख्नुपर्छ । सकेसम्म स्थानीय भाषामा अध्ययन गर्न जानु हुँदैन ।
युरोपमा अध्ययन गर्न जाने विद्यार्थीले जर्मनी र नर्वेलाई नै किन रोज्ने ?रोजगारीको अवस्था कस्तो छ ?
जर्मनी र नर्वे जाने विद्यार्थीको पहिलो प्राथमिकता भनेको अध्ययन गर्ने नै हो । यी देशको आर्थीक हैसियत पनि अरु भन्दा राम्रो भएको र पढाई खर्च नलाग्ने भएकाले पनि नर्वे ,जर्मनी जाने विद्यार्थीले कुनै समस्या भोग्नु पर्दैन । पार्ट टाइम काम पाइने र पारिश्रमिक पनि राम्रै पाइने भएकाले यी देश विद्यार्थीको रोजाइमा पर्ने गर्दछ । अध्ययन गर्न जाने विद्यार्थीले फाइनानसियल डकुमेन्ट पनि बनाउनु पर्दैन । पढ्न जाने कलेजमा भने विद्यार्थीले पैसा पठाउनुपर्ने हुन्छ जुन रिफन्डेवल हुन्छ । यो कसैलाई दिने पैसा होइन । जर्मनीमा विद्यार्थीले आफ्नौ एकाउन्टमा पैसा हालेर जाने हो भने नर्वेमा युनिभर्सिटिको खातामा हाल्ने र विद्यार्थी गएपछि विश्वविद्यालयले विद्यार्थीको खातामा पैसा हालिदिन्छ । आफ्नो लिभिङ कस्टको ग्यारेन्टिका लागि पठाइने पैसा हो । यी देशका विश्वविद्यालयमा योग्यता पुग्ने विद्यार्थीले आवेदन गरेको भिषा रिजेक्सन हुने भन्ने हुँदैन । योग्यता नपुग्ने विद्यार्थीको यहाँ भिसा लाग्ने संभावना नै हुँदैन । विश्वविद्यालय भएको स्थान र भाषाले रोजगारीका लागि प्रभाव पार्ने गर्दछ । आफू जाने देश र बोलिने भाषाको विषयमा पहिले नै जानकार भएर जादाँ काम पाउन सजिलो हुन्छ ।
नर्वे र जर्मनीको एड्मिसन रिक्वायरमेन्टबारे भनिदिनुस् न ।
युरोपका यि देशका विश्वविद्यालयमा जान चारबर्षे व्याचलर हुनै पर्छ । यदि तिन बर्षे व्याचलर छ भने दुईबर्षे मास्टर्स डिग्री चाहिन्छ । जुन विषय भएपनि प्रथम श्रेणीमा उत्तिर्ण भएको हुनुपर्छ । अंग्रेजी भाषा परिक्षा आईईएलटिएसमा ६.५ ओभरअल व्याड स्कोर हुनुपर्छ । विद्यार्थीले सके सम्म आफूले यहाँ अध्ययन गरेको विषयमा नै आवेदन गर्नु उपयुक्त हुन्छ ।नर्वे अगष्ट अघि नै इन्टेक सुरु हुन्छ भने जर्मनीमा फेव्रुअरी देखी अप्रिल सम्म विद्यार्थीहरु भर्ना हुन्छन् ।त्यसैले समयमा नै अप्लाई गर्ने र सिट सुरक्षित गर्ने गर्नुपर्छ ।
नर्वे र जर्मनीमा कुन–कुन विषय अध्ययन गर्न नेपाली विद्यार्थीहरु जाने गरेका छन् ?
यो विषय पढ्न जाने यो नजाने भन्ने हुँदैन । विशेष गरेर जर्मनी इन्जिनियरिङ विषयका लागि प्रख्यात छ । इन्जिनियरिङ र टेक्निकल विषय अध्ययन गर्न जान जर्मनी नै उपयुक्त हुन्छ । वायोलोजिकल साइन्स, हेल्थ साइन्स र सोसियल साइन्सका धेरै विषय पढ्न विद्यार्थी नर्वे जान्छन् ।नर्वेमा पव्लिक हेल्थ अध्ययन गर्न नेपाली विद्यार्थी जाने गरेका छन् । डेभलप्मेन्ट स्टडिज, सोसियल वर्क, वायोजोकिल साइन्सका धेरै विषय पढ्न नेपालीहरु जान्छन् ।
नेपाली विद्यार्थीले भोग्नुपर्ने समस्याहरु के – के छन् ?
नेपाली विद्यार्थीले केही बर्ष पहिले सुचना प्रविधिको पहुच नहुदा विद्यार्थीलाई समस्या हन्थ्यो तर अहिले सुचनाप्रविधीको पहुचसंगै त्यहाँको विश्वविद्यालय र उसले प्रदान गर्ने सेवा , भौतिक शैक्षिक वातावरणको विषयमा यहाँ बसेरै अध्ययन गर्न र वुझ्न सकिन्छ त्यसैले खासै ठूलो समस्या आइपर्ने भन्ने हुँदैन । यी सुरक्षाका हिसावले पनि राम्रा देश हुन् । हामीले विद्यार्थी बस्ने, एयरपोर्टबाट जादाँ पनि ग्रुपमा जाने हुँदा पनि सहज हुन्छ । भाषागत ज्ञान अभावमा, साँस्कृतिक चालचलन र रितिरिवाजबारे जानकारी नहुँदा ,सपिङ मार्केटबारे जानकारी नहुँदा, यातायाताबारे जानकारी नहुँदा समस्या हुन्छ । त्यसैले यसबारे पहिले नै बुझेर जानु उपयुक्त हुन्छ ।
अध्ययन पश्चातका अवसरहरु के – के छन् ?
अध्ययन पश्चात विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्ने ,मास्टर्स पिएचडिका लागि विश्वविद्यालयमा आफूले अध्ययन गर्ने विषयमा आवदेन दिने ,एकेडेमीक फिल्डमा जब पाउनेहरु वर्क पर्मिट नै लिएर बस्छन् । अन्य वैकल्पिक उपाय अपनाएर पनि त्यहाँ बस्छन् भने कोही नेपाल फर्कन्छन् ।
एपोलो एजुकेशनले युरोपमा अध्ययन गर्न चाहने विद्यार्थीलाई उपलव्ध गराएका सेवाहरु के – के छन् ?
एपोलो एजुकेशनले विगत लामो समयदेखी युरोपमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श प्रदान गर्दै आएको छ । राम्रो शैक्षिक योग्यता भएका विद्यार्थी जसको उद्देश्य पढ्ने हुन्छ त्यस्ता विद्यार्थीलाई हामीले एड्मिसन गाइडेन्स र करिअर काउन्सिलिङ गर्दै आएका छौँ ।विद्यार्थीको प्रोफाइल हेरेर विद्यार्थीलाई उचित गन्तव्य छनोट गरिदिने र छात्रवृत्तिको लागि पहल गरिदिन्छौँ । छात्रवृत्तिका लागि योग्यता नपुग्ने विद्यार्थीका लागि फ्री एजुकेशनका लागि पहल गर्छौ । फाइनान्सियल ग्रान्टस, रिसर्च ग्रान्टस लिनका लागि पहल गछौँ । विद्यार्थीलाई आर्थिक भार नपर्ने गरी अध्ययनको अवसर पदान गर्न प्रयत्न गछौँ । अहिले जर्मनी, नर्वे, स्विडेन र फिनल्याण्डमा अध्ययन गर्न जाने विद्यार्थीलाई हामीले परामर्श दिदैँ आएका छौँ । जसरी पनि युरोप जान्छु भन्ने विद्यार्थीलाई हामीले उनीहरुलाई अन्य विकल्प छान्न अनुरोध गछौँ ।