वैज्ञानिकहरुले मंगल ग्रहको एक खाल्डोको नाम जुन २०१६ ताका लाङटाङ राखेका छन्।
लाङटाङ रसुवा जिल्लामा रहेको राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय स्थलहरू रहेको ठाउँ हो।
यस कारण मंगल ग्रहको एक खाल्डोको नेपाली नाम लाङटाङ रह्यो
२०७२/०१/१२ गते ११ः५६ मा ७.६ रेक्टर स्केलको भूकम्प गएपछि भूकम्पका कारण लाङटाङ क्षेत्रमा ठुलो हिमपहिरो गयो र स्वदेशी र विदेशी पदयात्रीहरुसहित २०० भन्दा बढीले ज्यान गुमाएका थिए।
त्यसपछि अन्तर्राष्ट्रिय खगोलशास्त्र संघ (आइएयु) ले मंगल ग्रहको ९.८ किलोमिटर चौडा मंगल ग्रहको एक खाल्डोको नाम लाङटाङ राखेका थिए ।
दि नेदरल्याण्ड्सको उल्त्रेख्त विश्वविद्यालयमा मंगलग्रहको भौतिक भूगोलबारे अध्ययन गरिरहेका एकजना अनुसन्धानकर्ता डा. जालिङ दे हासले उनका एकजना साथीले लाङटाङ क्षेत्रमा हिमनदीहरुको अध्ययन गरेकाले उनको सम्झनामा र उक्त नेपाली गाउँको स्मृतिमा सो नामाकरण गरिएको हो।
हासले भने, "मेरो साथीले त्यहाँ निकै लामो समय बिताएको थियो। त्यसैले उक्त खाल्डोको नाम लाङटाङ राख्नु उपयुक्त हुने हामीलाई लाग्यो" ।
डा. हासले उक्त खाल्डोको माथिल्लो भागमा देखिएका चिन्हहरु संभवत: पानीको बहावको संकेत हुनसक्ने पनि बताए।
अन्तर्राष्ट्रिय खगोलशास्त्र संघको ग्रह प्रणाली नामाकरण संबन्धी कार्यटोलीले उक्त नामहरुलाई अनुमोदन गरेको थियो।