Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलबार, असार २१, २०७९ ०९:४७:३८ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना
प्रथम केन्द्रीय परिषद् बैठक
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
सवारी दुर्घटनामा मृत्यु
नियमित वर्षाले फोहर व्यवस्थापनमा समस्या
जनता बिशेष
  • Home
  • News
  • पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न
पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न
64x64
शनिबार, चैत १२, २०७८ जनता नेपाल
पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न
44

कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विमानस्थलको मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सकिएपछि चिनियाँ निर्माण कम्पनी सिएएमसीइले हस्तान्तरण गर्ने भएको छ ।

चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको विमानस्थल आयोजना प्रमख विनेश मुनंकर्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चीनका परराष्ट्रमन्त्री वाङ यीले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नुहुनेछ । सोही समयमा पोखरा आयोजनास्थलमा पनि चिनियाँ निर्माण कम्पनीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्नुहुने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सम्पन्न भएकाले विमानस्थल हस्तान्तरण गर्न लागिएको हो । 

विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल(एटिसी) भवनलगायत विभिन्न १४ भवन, ट्याक्सी वेलगायत मुख्य काम सकिएका छन् ।

विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले विमानस्थलका मुख्य काम सबै सकिएको र सामान्य केही काम मात्र बाँकी रहेको बताउनुभयो । सरकारले यसै वर्षभित्रमा विमानस्थल सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

उहाँले भन्नुभयो, “रनवे, टर्मिनल भवन, यान्त्रिक उपकरण जडान, लाइटलगायत मुख्य काम सबै सकिएको छ । फेन्सिङ, प्यासेन्जर बडी बिल्ड र नालाको केही सामान्य काम मात्र बाँकी छ । यसका लागि अब धेरै समय लाग्दैन ।” निर्माण कम्पनीसँगको सम्झौताअनुसारका आयोजनाका मुख्य काम सकिएपनि विमानस्थल सञ्चालनका लागि पूर्णरुपमा तयार हुन अझै काम बाँकी नै छन् । आयोजनाका अनुसार नेपाली पक्षले गर्नुपर्ने ‘ल्याण्डफिल साइट’ व्यवस्थापन, विमानस्थलको पूर्वपट्टीको रिठेपानी डाँडा कटान र ‘फ्युल स्टेशन’को काम अझै सुरु हुन सकेको छैन । बाँकी कामका लागि कागजी प्रक्रिया अघि बढे पनि स्वीकृत हुन बाँकी छ ।

डाँडा कटानका लागि मन्त्रीपरिषद्ले पूरक प्रतिवेदन पेश गर्ने र वनसँग सम्झौता गर्ने गरी दुई पूर्व शर्तसहित यसअघिनै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको थियो । पूरक प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको र स्वीकृतिको चरणमा रहेको अधिकृत फुयाँलले बताउनुभयो । विमान उडान र अवतरणको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकाओ)का मापदण्डअनुसार सो डाँडा ४० प्रतिशत कटान गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ ।

पर्यटकीय सहरका रुपमा स्थापित पोखरालाई हवाई सम्पर्कका माध्यमबाट विश्वका अन्य सहरसँग सिधा सम्पर्क कायम गर्न चार दशकअघिनै विमानस्थल बनाउने योजना अघि सारिएको थियो । लामो समयअघिको योजना विसं २०७४ मा आएर मात्र काम सुरु भएको हो । 

सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता रहे पनि कोरोना सङ्क्रमणका कारण विमानस्थलको काम रोकिएकाले गत वर्ष थप एक वर्ष म्याद थपिएको थियो ।

निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम सुरु गरेको थियो । यसका लागि सन् २०१४ मे २२ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच व्यापारिक सम्झौता भएको थियो ।

त्यसपछि सन् २०१६ मार्च २१ मा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएकामा सोही वर्षको जुन ५ मा सरकार र नागरिक उड्डयन प्राधिकरण(क्यान)बीच सहुलियत ऋण सम्झौता भएको थियो ।

चीनको एक्जिम बैंकले सन् २०१७ को मे ३१ मा ऋण स्वीकृत गरेकामा सन् २०१८ फेब्रुअरी २५ मा नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र चिनियाँ एक्जिम बैंकबीच विमानस्थल निर्माणका लागि आर्थिक स्रोतको सुनिश्चिता भएपछि निर्माण कार्य अघि बढाइएको थियो ।

इपिसि (इन्जिनियरिङ प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्जनाइजेशन (आइकाओ) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गरिएको हो । यस विमानस्थलमा बोइङ ७५७ र एयरबस २१९ मोडलका ‘न्यारोबडी’ विमान उडान तथा अवतरण गर्न सकिने छ ।

साविक छिनेडाँडा हाल पोखरा महानगरपालिका–१४ मा विसं २०३२ मा पहिलोपटक विमानस्थलका लागि तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । त्यसपछि विसं ०७१÷०७२ मा थप ५२१ मध्येमा ५१५ रोपनी जमिन तथा ३५ घर टहरा अधिग्रहण गरिएको थियो । पछिल्लो पटक ‘आउटर पेरिफेरी रोड’का लागि भनेर पुनः ५९ रोपनी जमिन तथा ३४ घरटहरा अधिग्रहण गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८, १५:०६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.janatanepal.com/tourism/6669
मुक्तिनाथको कथा:चार दशक अघि यस्तो थियो  
https://www.janatanepal.com/janata-bishesh/6646
भारत भ्रमणका उपलब्धि र भरोसा
https://www.janatanepal.com/janata-bishesh/6644
बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत
https://www.janatanepal.com/janata-bishesh/6455
चिनियाँ विदेश मन्त्री वाङ १९ सदस्यीय टोलि सहित काठमाडौँमा
जनता बिशेष
नयाँ पुस्ताले जातीय विभेदको पीडा भोग्न नपरोस्
64x64
सोमबार, चैत ७, २०७८ जनता नेपाल
सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ ।  अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता विभेदको सामना गर्नुपरेको छ । समाजमा ठूलो र सानो जात भनेर गर्ने विभेदको उन्मूलन हुन सकेको छैन । अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (मार्च २१, यस वर्ष चैत ७) मनाउन प्रारम्भ गरिएको ५६ वर्ष पूरा भए पनि नेपालमा अझै जातीय भेदभाव छँदै छ ।  पुरा पढ्नुहोस्
जनता बिशेष
होली पर्व : हराउँदै मौलिक संस्कृति
64x64
बुधबार, चैत २, २०७८ जनता नेपाल
होली पर्वलाई खुसीयाली र पारस्परिक मित्रता बढाउने उत्सवका रुपमा मनाउने गरिन्छ । पारस्परिक मित्रता बढाउने, सामाजिक एकताको भावना बढाउन मनाइने भएतापनि अहिले भने होली पर्वको नाममा परम्रागत मौलिकपन, संस्कृति हराउँदै आधुनिकताको नाममा देखासिकी र वनावटीपन  बढेको गुनासो गरिएको छ । समय अनुसार होलीको महत्व बढेकोले आधुनिकतासँगै यसको मौलिकतालाई ख्याल गर्नुपर्ने आवाज पनि उठेको छ ।  पुरा पढ्नुहोस्
ताजा समाचार
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना मंगलबार, असार १४, २०७९
प्रथम केन्द्रीय परिषद् बैठक
प्रथम केन्द्रीय परिषद् बैठक
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
समाज
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द जनता नेपाल
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
बेँसीशहर–चामे सडक पुनःसञ्चालन जनता नेपाल
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
हतियारसहित तीन भारतीय नागरिक पक्राउ जनता नेपाल
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु जनता नेपाल
जनता बिशेष
मुक्तिनाथको कथा:चार दशक अघि यस्तो थियो  
मुक्तिनाथको कथा:चार दशक अघि यस्तो थियो   बिहीबार, चैत २४, २०७८
भारत भ्रमणका उपलब्धि र भरोसा
भारत भ्रमणका उपलब्धि र भरोसा मंगलबार, चैत २२, २०७८
बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत
बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत मंगलबार, चैत २२, २०७८
पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न
पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न शनिबार, चैत १२, २०७८
खेलकुद
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने मंगलबार, असार १४, २०७९
फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो बिहीबार, असार ९, २०७९
फुटबल टिमका खेलाडी-प्रशिक्षक विवादः एन्फाले छानविन समिति गठन गर्ने फुटबल टिमका खेलाडी-प्रशिक्षक विवादः एन्फाले छानविन समिति गठन गर्ने बुधबार, वैशाख २१, २०७९
एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो सोमबार, चैत २८, २०७८
बैकं
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै
विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै
नेपालका विकास प्राथमिकतामा सक्दो सहयोग गर्ने एडिबीको प्रतिबद्धता
नेपालका विकास प्राथमिकतामा सक्दो सहयोग गर्ने एडिबीको प्रतिबद्धता
सम्पर्क

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३२७०
प्रेस काउन्सिल सुचिकृत नं: ३२७२  

सम्पादक: बिपिन पोखरेल
प्रकाशक: आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि.
अध्यक्ष/संचालक : नव ढुङ्गेल

ठेगाना
अनामनगर - ३२, काठमाडौँ। 

समाचारका लागि
[email protected]

विज्ञापनका लागि
Mobile: 9801061018, 9851098805
Email: [email protected]

Corporate Address:
Artist Nepal Network Pvt. Ltd

Baluwatar-04, Kathmandu, Nepal.
Web:artistnepal.com
Email: [email protected]

मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2022 All rights reserved.
Web Design by : SoftNEP