Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • पुजीबजार
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
बुधवार, माघ ७, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • पुजीबजार
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
एक हजार निजी विद्यालय बन्द हुने अबस्थामा
१८ जना नेपालीको शव लिन नेपाल वायुसेवा निगमको विमान मलेसिया जाने
आजको मौसम: तराईमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
आगामी प्रधानमन्त्रीको रुपमा देउवालाई स्वीकार्न तयार छु : प्रचण्ड
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ
नेपाल एयरलाइन्सको पहिलोपटक मकाउमा उडान
पेट्रोलियम पाइपलाइन झापा र चितवनसम्म विस्तार गरिने
आन्तरिक कलहकै बीच प्रदेश नम्ब १ को अधिवेशन आजदेखि
भारतले नेपाललाई कोरोनाविरुद्धको खोप आज दिने
जनता बिशेष
  • Home
  • News
  • महाकाली नदीको नेपाली भूमिमा भारतीय पक्ष तटबन्ध बनाउँदै, नेपाली पक्ष मुखदर्शक
महाकाली नदीको नेपाली भूमिमा भारतीय पक्ष तटबन्ध बनाउँदै, नेपाली पक्ष मुखदर्शक
64x64
आइतवार, पुष १९, २०७७ जनता नेपाल

दार्चुला, पुष १९ गते ।
दार्चुला सदरमुकाम खलंगाको सीमाक्षेत्रमा भारतले महाकाली नदी मिचेर जबरजस्ती पक्की तटबन्ध निर्माण गरिरहेको छ । महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालयसहित एक सय ५६ घर बगाएको थियो । भारतकै धौँलीगंगा बाँधका कारण सात वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि त्रसित बनेका छन् ।

बाढीले निरन्तर पुर्याउने क्षति घटाउन नेपालले महाकाली किनारमा २०७१ सालमा तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले धारचुलाबाट माइकिङ गरेर रोकेको थियो । सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा आफ्नो भूभाग डुब्न सक्ने भन्दै भारतले नदीभन्दा परै बाँध लगाउन भनेको थियो । भारतको अनुरोधपछि नेपालले नदीको किनारभन्दा झण्डै एक सय मिटर वरै तटबन्ध निर्माण गरिरहेको छ । तर त्यही ठाउँको उतापट्टि भारतले अहिले नदी नै पुर्दै एकतर्फी तटबन्ध बनाइरहेको छ ।

दार्चुला जिल्ला प्रशासनले उक्त निर्माणकार्य रोक्न भारतको धारचुला पिथौरागढका उपजिल्ला अधिकारीलाई पुस २ गते पत्राचार गरेको थियो । तर, पत्रको बेवास्ता गर्दै निर्माणकार्य निरन्तर चलिरहेको छ । नदीतर्फ ढुंगामाटो उखेल्दै डोजरहरू चलिरहँदा नेपाली पक्ष मूकदर्शक भएर बस्नुपरेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भन्नुभयो, भारतले काम गरिरहेको छ भन्ने कुरा नेपाल सरकारलाई पनि जानकारी गराइसकेको छु । हाम्रो पत्रको सुनुवाई नभएपछि परराष्ट्र मन्त्रालयको पत्र कुरिरहेका छौं । गृह र परराष्ट्र मन्त्रालयलाई पुस २ गते नै पत्राचार गरिसकेको र परराष्ट्रबाट आफूलाई जानकारी प्राप्त नभएको पोखरेलले बताउनुभयो । सीमा नदीमा बिना समन्वय काम गर्न नहुने उहाँको भनाइ छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीद्धारा हस्ताक्षरित भारतलाई पठाइएको पत्रमा लेखिएको छ, ‘प्रस्तुत विषयमा २०७० असार २ गते महाकाली नदीमा अविरल वर्षापछि आएको बाढीले नेपाल–भारत सीमा नाका वारिपारि रहेको क्षेत्र कटान गरी कतिपय क्षेत्रमा पानीको बहावका कारण नदी किनार रहेको सीमा नाका क्षेत्रको भौगोलिक स्वरूप परिवर्तन भएको छ । सो सम्बन्धमा यस जिल्लाको महाकाली नगरपालिका–५ गल्फै क्षेत्र भौरादगड, महाकाली नदी किनार रहेको जिल्ला अस्पताल दार्चुलाको सीमापारि भारततर्फ हाल सुरक्षा÷चेक वाल बाँध बनिरहेको स्थान महाकाली नदीमा बाढीपूर्व साविक नेपालतर्फकै भूमि रहेको, तर, हाल उक्त स्थानमा एस्काभेटर, जेसीबी आदि उपकरणबाट उत्खनन गर्न थालेको देखिँदा नेपाल पक्षसँग आवश्यक समन्वय बिना उक्त वाल महाकाली नदी किनारमा बनाउन लागिएको निर्माणकार्यलाई यथाशीघ्र रोक्न हुन जानकारीका लागि आदेशानुसार अनुरोध छ, पत्रमा भनिएको छ । प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पनि सोही दिन यसबारे पत्राचार गरेको थियो । त्यहाँ एक सय हाराहारीमा कामदार खटिएका छन् ।

महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख शोभाकर पौडेलले नेपालतर्फ पक्की संरचना बनाउँदा भारतले निर्माण रोकेको उल्लेख गर्दै भन्नुभयो, ‘उसले चाहिँ कसरी एक्लौटी गर्न सक्छ ? नेपालको भूमि हामी एक इन्च छाड्दैनौं ।’ आयोजनाका तर्फबाट हुने पहलका लागि आफू जतिबेला पनि तयार रहेको उहाँले बताउनुभयो । अहिले भारतले बाँध बनाइरहेको भूभाग नदीले धार परिवर्तन गरेभन्दा पहिला नेपालकै रहेको महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टले बताउनुभयो ।

भारतले एकलौटी ढंगले महाकालीको जरैदेखि तटबन्ध निर्माण गर्दै जाने हो भने दार्चुलावासीको उठीबास हुने महाकाली नगरपालिका–५ का स्थानीय रघुबिरसिंह ठगुन्नाले बताउनुभयो । २०७० को बाढीले दार्चुलालाई तहसनहस गरेको थियो । नेपाल सरकारले कुटनीतिक पहल गरेर निर्माण कार्य यथाशीघ्र रोक्न लगाउनुपर्ने स्थानीयको माग छ ।

भारतीय पक्षले विगत वर्षहरुमा नेपालसँग समन्वय नगरीकनै विभिन्न ठाउँमा काठेपुल बनाउँदै आएको थियो । त्यतिमात्र हैन, नेपाली भूमि कालापानी, लिपुलेकसम्म सडक विस्तार गरेर नियमित यातायातका साधनहरु निर्बाध रुपमा सञ्चालन गरिरहेको छ । भारतीय सडकका कारण महाकालीको सतह खुम्चिँदै गएको छ, भने नेपालतर्फ कटानसमेत हुने गरेको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताउनुभयो । सीमा अतिक्रमण र सीमाक्षेत्रमा निर्माण हुने गरेका एकतर्फी संरचनाले नेपाली भूमि उच्च जोखिममा परेको छ ।
-लोकेन्द्र जोशी

 


प्रकाशित मिति: आइतवार, पुष १९, २०७७, ०३:५८:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अघोषित लोडसेडिङले उपभोक्ता मारमा, विद्युत् प्राधिकरणमा पुरानै सेटिङ सुरु
राष्ट्रपति समक्ष प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन बुझाए
प्रणवको पुस्तकमा दावी : राजा त्रिभुवनले नेहरूलाई नेपाल भारतको प्रान्त बनाउन प्रस्ताव गरेका थिए
जनकपुर–जयनगर रेल सञ्चालनका लागि भारतद्वारा जनशक्ति ब्यबस्थापन प्रस्ताव
जनता बिशेष
सरकारले एक लाख भूमिहीनलाई लालपुर्जा दिने, यस्तो छ तयारी
64x64
बिहिवार, पुष १६, २०७७ जनता नेपाल
सबै नेपालीलाई जग्गाको मालिक बनाउने अभियानअन्तर्गत सरकारले भूमिहीनका लागि लालपुर्जा वितरण गर्ने भएको छ । स्थानीय तहसँगको समन्वय र सहकार्यमा गरिने लालपुर्जा वितरणका लागि सरकारले विभिन्न स्थानीय तहसँग सम्झौतासमेत गरिसकेको छ । पुरा पढ्नुहोस्
जनता बिशेष
के फेरी लोडसेडिङ सुरु हुने हो ?
64x64
बिहिवार, पुष १६, २०७७ जनता नेपाल
पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने गरेको छ । नेपाल विद्युत प्राधिकरणले प्राविधिक कारण तथा मर्मत संम्भार गर्दाको समयमा मात्रै लोडसेडिङ हुने गरेको दावी गरेको छ । तर सर्वसाधारणले भने कुलमान घिसिङ बाहिरिएपछि अहिले प्राविधकरण व्यवस्थित हुन नसकेको आरोप लगाएका छन् । पुरा पढ्नुहोस्
ताजा समाचार
एक हजार निजी विद्यालय बन्द हुने अबस्थामा बुधवार, माघ ७, २०७७
१८ जना नेपालीको शव लिन नेपाल वायुसेवा निगमको विमान मलेसिया जाने
आजको मौसम: तराईमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
आगामी प्रधानमन्त्रीको रुपमा देउवालाई स्वीकार्न तयार छु : प्रचण्ड
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ
नेपाल एयरलाइन्सको पहिलोपटक मकाउमा उडान
पेट्रोलियम पाइपलाइन झापा र चितवनसम्म विस्तार गरिने
आन्तरिक कलहकै बीच प्रदेश नम्ब १ को अधिवेशन आजदेखि
भारतले नेपाललाई कोरोनाविरुद्धको खोप आज दिने
स्वास्थ्य
नेपालमा कोरोना : २४ घण्टामा ३४८ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु जनता नेपाल
कोरोना अपडेट: २४ घण्टामा ३२२ जना कोरोना संक्रमित, थप ६ जनाको मृत्यु जनता नेपाल
नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भेटियो, तीन जनामा पुष्टि जनता नेपाल
अन्तर्राष्ट्रिय
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ बुधवार, माघ ७, २०७७
डब्लुएचओको धनी देशहरूलाई आग्रह :खोपको लाइन नमिच्नु मंगलवार, माघ ६, २०७७
सुरक्षाका कारण देखाउदै युएस क्यापिटल बिल्डिङ बन्द मंगलवार, माघ ६, २०७७
रोजगार
लोकसेवा आयोगले माग्यो, ४१२ जना कर्मचारी बिहिवार, माघ १, २०७७
अब अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने शुक्रवार, पुष १७, २०७७
मन्त्रालय तथा स्थानीय तहका लागि लोकसेवा आयोगले माग्यो एक हजार कर्मचारी बुधवार, पुष १५, २०७७
उद्योग
अब अनलाईन व्यापार गर्न अनिवार्य दर्ता र वेबसाइट हुनुपर्ने।
सरकारद्वारा निजी फर्म नवीकरणकाे अवधि थप
आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #म्युजिक भिडियो
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #रातो मच्छिन्द्रनाथ
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP