Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
सोमवार, चैत्र ३०, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
शिवपुरी राष्ट्रिय निकुञ्‍जमा डढेलो : तीनवटा हेलीकोप्टरबाट पानी खसालेर निभाईयो
वैशाख १ मा राष्ट्रपतिले फेरि ४५२ लाई विभूषित गर्दै
घोडेजात्राको रौनक यस्तो देखियो (फोटो फिचर)
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच फोन संवाद
कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए
गैँडा गणना आज सकियो, भोलि नतिजा सार्वजनिक गरिने
विद्यालय वा अन्य स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने सिफारिस
जनता बिशेष
  • Home
  • News
  • ४० बर्ष भारतीय जेलमा बिताएर छुटेका दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आईपुगे, आमालाई भेट्न आतुर
४० बर्ष भारतीय जेलमा बिताएर छुटेका दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आईपुगे, आमालाई भेट्न आतुर
64x64
आइतवार, चैत्र ८, २०७७ जनता नेपाल

झापा- चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुग्नुभएको छ । कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उहाँलाई दमदम कारागारले रिहा गरिदिएको थियो ।

उहाँ काँकडभिट्टामा आज बिहान ९ः१५ बजे आइपुग्नुभएको हो । कोलकाताबाट हिजो स्थलमार्ग हुँदै कार चढेर काँकडभिट्टा आउँदा विश्व सेवा विस्तार नामक उद्धार संस्था, सञ्चारकर्मी र आफन्तहरुले उहाँलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । काँकडभिट्टामा आजै आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो देश आउन पाएकामा खुशी व्यक्त गर्दै आफु निर्दोष अवस्थामा जेलमा यातनापूर्वक थुनिएको बताउनुभयो । उहाँले आफ्नी आमालाई भेट्न आतुर भएको बताउनुभयो ।

कोलकाताबाट भाइ प्रकाशचन्द्र तिम्सिना, विश्व सेवा विस्तार नामक उद्धार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत र पत्रकारहरु पर्वत पोर्तेल र चिरञ्जीवी घिमिरेले उहाँलाई लिएर आउनुभएको हो । लामो अवधि जेलमा शारीरिक र मानसिक यातना पाएका कारण उहाँको स्वास्थ्य अवस्था नाजुक देखिएको छ । उहाँ कम बोल्नुहुन्छ र एकोहोरिनुहुन्छ ।

अदालतले मानसिक स्वास्थ्यको कारण जनाउँदै रिहाइको आदेश दिँदा छ÷छ महिनामा उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन भनेको उहाँका भाइ प्रकाशचन्द्रले बताउनुभयो । उहाँको मुद्दाको अन्तिम फैसला नभइसकेको प्रकाशचन्द्रले जानकारी दिनुभयो ।

बुवा चम्पाखर र आमा धनमाया तिम्सिनाको जेठो छोरा दुर्गाप्रसादले माइला भाइ केदार, कान्छा भाइ धर्मानन्द र बहिनी पवित्राको नाम लिनुभयो । हाल बुवा र माइला भाइको निधन भइसकेको छ भने घरमा आमा, कान्छो भाइ र बहिनी उहाँलाई व्यग्रतापूर्वक पर्खिरहेका छन् ।

भाइ प्रकाशचन्द्रका अनुसार दुर्गाप्रसादको बोलाउने नाम दीपक हो । १९ वर्षको उमेरमा तोरी बेच्न पश्चिम इलामको मङ्गलबारे बजार जाने निहुँले दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जिलिङ पुग्नुभएको थियो । दार्जिलिङमा उसबेला गोर्खाल्याण्ड प्राप्तिका लागि हिंसात्मक आन्दोलन चलिरहेको अवस्था थियो । खोज्न जाने परिस्थिति थिएन र उताबाट पनि दुर्गाप्रसादको कुनै खबर आउन सकेन । “कतैबाट खबर नआएपछि दाजु आन्दोलनमै मारिनुभयो होला भन्ने घरपरिवारमा लागेको थियो”, भाइ प्रकाशचन्द्रले भन्नुभयो, “चालीस वर्षपछि बङ्गाल रेडियो क्लबका माध्यमले उहाँ जेलमा जीवितै रहनुभएको खबर आयो ।”

हुन त विसं २०६९ मा दीपक जैशी नामबाट घरमा एउटा चिठ्ठी आएको थियो । जेलमा बस्दा उहाँले आफ्नो नाम दीपक र थर जैशी भनेको हुँदा चिठ्ठी त्यसरी पठाइएको रहेछ । तर यता घरमा भने बेपत्ता रहेका दुर्गाप्रसादको बारेमा कसैले मजाक गरेर चिठ्ठी पठाएको हो कि भन्ने लाग्यो । चिठ्ठीको सत्यता जाँच्न परिवारका सदस्यहरु भारत जान सकिरहेका थिएनन् ।

दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका दाधेश्याम दास नाम कैदीले दुर्गाप्रसादको अवस्था र पहिचानबारे पहिलोपल्ट जेल बाहिर खबर ल्याउनुभएको थियो । दासले बङ्गाल रेडियो क्लबमा नेपालका दुर्गाप्रसाद नामका कैदी चार दशकदेखि बिना सुनुवाइ बसिरहेको खबर पु¥याउनु भएपछि मिडियामा समाचार छापिन थालेका हुन् । उहाँलाई अहिले जेल बाहिर ल्याउन रेडियो क्लबको भूमिका महत्वपूर्ण रहेको प्रकाशचन्द्रले बताउनुभयो ।

दार्जिलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बस्नुभएको थियो, त्यही घरकी पत्नीको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उहाँमाथि थोपरिएको थियो । तर उहाँमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ । प्रहरीमा झुठो आरोप दर्ता भएपछि कथित पीडितका तर्फबाट एकपल्ट पनि मुद्दा फ्लोअप नभएको र बिना सुनुवाइ सजाय सुनाउँदै दुर्गाप्रसादलाई कारागार सार्दै दमदममा पु¥याइएको पाइएको छ ।

हराएका मानिसको खोजीमा सघाउने संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले बङ्गाल रेडियो क्लबसँगको सम्पर्कपछि इलाममा दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रसँग सम्पर्क गर्नुभएको थियो । घरमा दुर्गाप्रसादका आमा धनमाया वृद्धास्थामा हुनुहुन्छ । उहाँ सात वर्षकै हुँदा बुवा चम्पाखरको निधन भएको थियो । दुर्घटनामा परी आमा धनमायाको एउटा हाट काटेर फाल्नुपरेको थियो ।

रातभरि अनिँदो अवस्थामा गाडी चढेर काँकडभिट्टा आइपुग्नुभएका दुर्गाप्रसादले पत्रकारसँग हाँसो साट्ने र थोरै बोल्न मात्र सक्नुभयो । उहाँले सेतो कमिज र खरानी कलरको ट्राउजर लगाउनुभएको थियो । उहाँका भाइ प्रकाशचन्द्रले इलामबाट थप आफन्तहरु काँकडभिट्टा आइपुगेपछि पहिलो मिलन गराएर आजै घर पुर्‍याइने बताउनुभयो ।


प्रकाशित मिति: आइतवार, चैत्र ८, २०७७, ०८:३५:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिमा स्तम्भहरु मर्मत संहार गर्दै नेपाली सेना
म्यान्मारमा कम्तीमा ३५ जना नेपालीभाषीलाई पक्राउ,दुई जना नेपालीभाषी मारिए
फुटतर्फ एमाले : कठोर कारबाहीको मुडमा ओली
व्यवसायीले प्रधानमन्त्रीसँग भने–‘व्यवसायीमैत्री नीति तथा कार्यक्रम ल्यानुहोस्’
जनता बिशेष
मेची–महाकाली विद्युतीय रेलमार्गको सर्वेको काम अघि बढ्यो
64x64
शनिवार, फाल्गुन २९, २०७७ जनता नेपाल
निक्कै महत्वको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणअन्तर्गत यसअघि स्थानीयको अवरोधका कारण रोकिएको सर्वेको काम अघि बढेको छ । रेल मार्ग मानवबस्ती र निजी खेतीयोग्य जमिनमा नपर्ने गरी अघि बढाउने सहमति गरेर सर्वेको काम थालिएको हो । बाराको बकैया खोला किनार ड्यामको पूर्वी किनारलाई समाउँदै रेलमार्ग निर्माण गर्ने सहमति भएपछि स्थानीय पनि सर्वेको काम अघि बढाउन सहमत भएका हुन् । सो मार्गबाट रेलमार्ग अघि बढाउँदा मानवबस्ती, निजी खेतीयोग्य जमिन नपर्ने र तटबन्धको दीर्घकालीन समस्यासमेत समाधान हुने स्थानीयहरू बताउँछन् । पुरा पढ्नुहोस्
जनता बिशेष
पुन: अनशन बस्ने डा. केसीको चेतावनी (विज्ञप्ती सहित)
64x64
शुक्रवार, फाल्गुन २८, २०७७ जनता नेपाल
डा. गोविन्द केसीले अवैध रूपमा अघि बढाइएको निजी मेडिकल कलेजलाई दिने सम्बन्धनको प्रक्रिया तत्काल नरोके अनसन बस्ने चेतावनी दिएका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै डा. केसीले निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया तत्काल रोक्न माग गरेका हुन् । पुरा पढ्नुहोस्
ताजा समाचार
शिवपुरी राष्ट्रिय निकुञ्‍जमा डढेलो : तीनवटा हेलीकोप्टरबाट पानी खसालेर निभाईयो आइतवार, चैत्र २९, २०७७
वैशाख १ मा राष्ट्रपतिले फेरि ४५२ लाई विभूषित गर्दै
घोडेजात्राको रौनक यस्तो देखियो (फोटो फिचर)
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच फोन संवाद
कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए
गैँडा गणना आज सकियो, भोलि नतिजा सार्वजनिक गरिने
विद्यालय वा अन्य स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने सिफारिस
स्वास्थ्य
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि जनता नेपाल
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए जनता नेपाल
कोरोना संक्रमित बढ्न थाल्यो, चौबिस घण्टामा २६६ सङ्क्रमित थपिए जनता नेपाल
अन्तर्राष्ट्रिय
भारतमा माओवादी हमला: कम्तिमा २२ सुरक्षाकर्मीको मृत्यु आइतवार, चैत्र २२, २०७७
भारतमा एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित थपिए शुक्रवार, चैत्र १३, २०७७
राजनीतिक संकटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति शनिवार, फाल्गुन २९, २०७७
रोजगार
नेपाल प्रहरीमा एकैपटक एक सय ४९ इन्सपेक्टर भर्ना (सूचीसहित) आइतवार, चैत्र ८, २०७७
जीटुजीमार्फत कतारमा कामदार पठाउन सरकार गृहकार्यमा बुधवार, फाल्गुन २६, २०७७
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
उद्योग
चार ठूला चिनी उद्योगहरू बन्द, चिनीको आयातमा ठूलो रकम बाहिरिने
चौधरी ग्रुपमाथि गरिबी निवारण मन्त्रालयको कारबाही, १४ रोपनी सरकारी जग्गा कब्जा गरेको खुलाशा
रुपन्देहीको प्लाईवुड फ्याक्ट्रीमा आगलागी हुँदा ९ करोडको क्षति
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #विप्लव समूह
  • #म्युजिक भिडियो
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP