एजेन्सी–साउदी अरबले विदेशी उडानमा लगाएको प्रतिबन्ध हटाएको छ। कोभिड–१९ को नयाँ स्वरुपको खतरालाई मध्यनजर गर्दै साउदी अरबले डिसेम्बरदेखि विदेशी उडानमा प्रतिबन्ध लगाएको थियो।
साउदी अरबको गृह मन्त्रालयले आइतबार बिहान यो जानकारी दिएको हो। यो यात्रा प्रतिबन्ध कैयौं देशका लागि लगाइएको थियो।
साउदी प्रेस एजेन्सीका अनुसार आइतबार बिहान ११ बजेदेखि साउदी अरबमा वायु, जमिन र सामुद्रिक मार्गबाट पुनः प्रवेश सुरु भएको छ। यद्यपि बेलायत, दक्षिण अफ्रिकासहितका केही देशका लागि भने आंशिक प्रतिबन्ध कायमै छ। ती देशका नागरिकहरुलाई साउदी अरब प्रवेशअघि १४ दिन आफ्नो मुलुकबाहिर रहेको हुनुपर्नेछ।