Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलवार, फाल्गुन १८, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
आगामी प्रतिनिधिसभाको बैठकका लागि यस्तो छ तयारी
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
स्वस्थानी व्रत समापन
नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,  
राष्ट्रपतिबाट नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना
उद्योग
  • Home
  • News
  • अब अनलाईन व्यापार गर्न अनिवार्य दर्ता र वेबसाइट हुनुपर्ने।
अब अनलाईन व्यापार गर्न अनिवार्य दर्ता र वेबसाइट हुनुपर्ने।
64x64
बिहिवार, पुष २३, २०७७ जनता नेपाल

काठमाडौँ, के तपाई फेसबुक , ईन्स्टाग्राम या अन्य सोसियल मिडियाबाट गर्दै हुनुहुन्छ? अब त्यो भने ई–कमर्सका रूपमा प्रचलित विद्युतीय व्यापार अनिवार्य रूपमा कानुनअनुसार दर्ता गरेर मात्र सञ्चालनमा ल्याउन पाइने भएको छ । व्यक्तिगत तहमा दर्ताबिना नै विद्युतीय व्यापार सञ्चालन गरेको पाइए त्यो गैरकानुनी ठहर हुनेछ ।

सुझावका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदाले दर्तासहित वेबसाइटलाई पनि अनिवार्य गरेको छ अर्थात् विद्युतीय व्यापारका लागि वेबसाइटलाई मुख्य आधार बनाएर मात्र सञ्चालकले व्यापार गर्न सक्छन् ।
वेबसाइट निर्माण गर्दा प्रत्येक व्यवसायीले आफ्नो व्यापार वा व्यवसायका सम्बन्धमा उपभोक्ता, ग्राहक वा क्रेताले चाहेको समयमा निर्णय लिनसक्ने गरी प्रणाली निर्माण गर्नुपर्ने विधेयकमा उल्लेख छ । वेबसाइटमा व्यापार सम्बन्धमा स्पष्ट विवरण उल्लेख गर्नुपर्नेछ ।

विधेयकले विद्युतीय व्यापार गर्दा त्यसबारे खुलाउनुपर्ने स्पष्ट विषयहरू पनि समेटेको छ । जसअनुसार वस्तु वा सेवाको विवरण, करसहितको अन्तिम बिक्री मूल्य, उत्पादन मिति र उत्पादकको विवरण, प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ग्यारेन्टी वा वारेन्टी भए त्यसको विवरण, फिर्ता हुनसक्ने वा नसक्ने सर्तहरू उल्लेख हुनुपर्नेछ ।

विधेयक व्यापार सञ्चालन विधिका बारेमा पनि प्रस्ट पारेको छ ।

क्रेताले कुनै पनि समयमा वेबसाइटमा अर्डर लिनसक्ने, मागबमोजिम वस्तु उपलब्ध गराउन सक्ने वा नसक्ने जानकारी, ढुवानी खर्च र करसहितको रकम, रकम तिर्ने प्रक्रियाबारे बिक्रेताले अनिवार्य जानकारी गराउनु पर्नेछ ।

विद्युतीय व्यापारका लागि क्रेताले माग गर्दा व्यवसायीले त्यस्तो वस्तु उपलब्ध गराउन स्वीकार गरेमा त्यसलाई करार मानिने भएको छ । यद्यपि वस्तु चलान नभइसकेको अवस्थामा क्रेताले त्यस्तो माग भने रद्द गर्न सक्नेछ । यसरी रद्द गर्दा क्रेताले कुनै शुल्क तिर्नुपर्ने छैन र भुक्तानी दिइसकेको अवस्थामा बिक्रेताले शोधभर्ना गर्नुपर्नेछ ।

विद्युतीय व्यापारको भुक्तानी प्रचलित जुनसुकै विधिबाट गर्न सकिने भए पनि तोकिएभन्दा बढी रकम तिर्नु परेको अवस्थामा गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्नेछ ।

वस्तु हस्तान्तरण गर्ने समयमा क्रेताले ठाउँ अथवा बुझाउनुपर्ने व्यक्ति परिवर्तनको जानकारी दिनसक्ने र यसरी परिवर्तन हुँदा दूरी थपघट भएमा शुल्क पनि थपघट गर्न सकिने व्यवस्था गरिएको छ ।

बिक्रेताले बिक्री गरेको वस्तु तथा सेवा क्रेताले स्वीकार नगरेर कानुनबमोजिम फिर्ता गरेमा त्यस्तै वस्तु फिर्ता गरिदिनुपर्ने अथवा शुल्क शोधभर्ना गरिदिनुपर्ने विषयलाई पनि मस्यौदाले स्पष्ट उल्लेख गरेको छ ।

त्यस्तो वस्तु तथा सेवा आफूले उत्पादन नगरेका कारण दायित्वबाट क्रेता पन्छिन पनि नपाउने उल्लेख छ । विधेयकले व्यवस्था गरेका विषयभन्दा बाहिर रहेर व्यवसाय सञ्चालन गरेमा दुई लाख रुपियाँसम्म जरिवाना लाग्ने प्रावधान राखिएको छ ।


प्रकाशित मिति: बिहिवार, पुष २३, २०७७, ०७:४९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुर्य प्लाई २५ औ वर्षमा प्रवेश
उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
नवलपुरमा भेटियो शुद्ध फलामखानी, चीनमा गरिएको परिक्षणमा ३५ प्रतिशतसम्म शुद्ध फलाम
सरकारद्वारा निजी फर्म नवीकरणकाे अवधि थप
उद्योग
आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो
64x64
सोमवार, पुष १३, २०७७ जनता नेपाल
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो । पुरा पढ्नुहोस्
उद्योग
एनसेलले थप्यो २७ अर्ब लगानी
64x64
शुक्रवार, पुष १०, २०७७ जनता नेपाल
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले करिब २७ अर्ब रुपियाँ लगानी थपेको छ । कम्पनीले हालै सार्वजनिक गरेको राष्ट्रिय योगदान प्रतिवेदन (२०१९/२०) अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै उपकरण खरिद, सेवा विस्तारलगायत गतिविधिमा २६ अर्ब ७७ करोड लगानी भएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
आगामी प्रतिनिधिसभाको बैठकका लागि यस्तो छ तयारी आइतवार, फाल्गुन १६, २०७७
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
स्वस्थानी व्रत समापन
नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,  
राष्ट्रपतिबाट नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना
स्वास्थ्य
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,   जनता नेपाल
नेपालमा कोरोना: २४ घण्टामा ११२ जना कोरोना संक्रमित जनता नेपाल
नेपालमा कोरोना: ५ जना को मृत्यु, ९४ जना संक्रमित थपिए जनता नेपाल
अन्तर्राष्ट्रिय
सैन्य कू गरेयता पहिलोपटक म्यान्मारका सेना प्रमुखले गरे सम्बोधन मंगलवार, माघ २७, २०७७
अविरल वर्षापछि मोरक्कोमा बाढीपहिरो : कम्तिमा २४ जनाको मृत्यु मंगलवार, माघ २७, २०७७
भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु पुस्टि, ३०० बढी बेपत्ता सोमवार, माघ २६, २०७७
रोजगार
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
सेनामा रोजगार: सेनाले माग्यो २०० जना क्याप्टेन, प्रमाणपत्र तह पास गरेकाले दरखास्त दिनसक्ने बिहिवार, माघ २२, २०७७
पाँच वर्षपछि इजरायलमा खुल्यो रोजगारी, जाने खर्च-आम्दानी यस्तो छ शुक्रवार, माघ ९, २०७७
उद्योग
सुर्य प्लाई २५ औ वर्षमा प्रवेश
उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
नवलपुरमा भेटियो शुद्ध फलामखानी, चीनमा गरिएको परिक्षणमा ३५ प्रतिशतसम्म शुद्ध फलाम
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #म्युजिक भिडियो
  • #हिमपात
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP