नेपालमा आज पहिलो पटक कोरोना खोप आउँदै छ । भारतले नेपालका लागि अनुदानमा दिएको १० लाख डोज कोरोना खोप आज बिहान एयर इन्डियाको विमानबाट नेपाल आउने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिने जानकारी दिइएको छ ।
कोभिशिल्ड सिरम इन्सिच्यूट अफ इन्डिया (एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधी निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप नेपाल ल्याउन लागिएको हो ।
स्वास्थ्य मन्त्री हृदयस त्रिपाठीले बुधबार पत्रकार सम्मेलन गरी भारतले अनुदानमा दिएको खोप बिहीबार नेपाल आउने जानकारी दिएका थियो ।