काठमाडौं– कोरोनाबाट गत २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो बिबरण अनुसार २४ घण्टाको अविधिमा विभिन्न प्रयोगशालामा ५ हजार ३ सय पीसीआर परीक्षण गर्दा ४ सय ३० जना जनामा संक्रमण फेला परेको छ । सोही अवधिमा ३ सय ९७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हाल ४४ सय ८ जना आइसोलेसनमा छन् ।
उपत्यकामा मात्रै २४ घण्टामा २५९ जना संक्रमित भए ।