Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
सोमवार, चैत्र ३०, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
शिवपुरी राष्ट्रिय निकुञ्‍जमा डढेलो : तीनवटा हेलीकोप्टरबाट पानी खसालेर निभाईयो
वैशाख १ मा राष्ट्रपतिले फेरि ४५२ लाई विभूषित गर्दै
घोडेजात्राको रौनक यस्तो देखियो (फोटो फिचर)
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच फोन संवाद
कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए
गैँडा गणना आज सकियो, भोलि नतिजा सार्वजनिक गरिने
विद्यालय वा अन्य स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने सिफारिस
पर्यटन
  • Home
  • News
  • सगरमाथा चढ्न तीन सयको ‘बुकिङ’
सगरमाथा चढ्न तीन सयको ‘बुकिङ’
64x64
मंगलवार, फाल्गुन १८, २०७७ जनता नेपाल

कोरोना सङ्क्रमणका कारण गत वर्ष मुख्य सिजनमै असर बेहोरेको नेपालको पर्वतारोहणमा यस वर्ष भने सुधारको सङ्केत देखिएको छ । विदेशी पर्यटकलाई नेपाल प्रवेशबापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ ।
नेपालको पर्वतारोहणमा मुख्य सिजन मानिने वसन्तयाम (अप्रिल र मे)का लागि यतिबेला ‘बुकिङ’ चलिरहेको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय जना आरोहीहरूले बुकिङ गरिसकेका छन् ।
पर्वतारोहणका लागि तुलनात्मक रूपमा लामो समय खर्चिनुपर्ने भएकाले क्वारेन्टिनको प्रावधान यसका लागि त्यति बाधक नहुँदा पनि आकर्षण बढेको शेर्पाको भनाइ छ । सगरमाथाबाहेक अन्य हिमालमा पनि आरोहीहरूको चासो रहेको उहाँले बताउनुभयो ।
सरकारले कोरोना सङ्क्रमणकै अवस्थामा मन्त्रिपरिषद्बाटै बहराइनका राजकुमारसहितको टोलीलाई मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले गत असोज २९ गते मनास्लु हिमालको सफल आरोहण गरेको थियो । कोरोना सङ्क्रमणयता भएको उक्त आरोहण नै विदेशी टोली सम्मिलित पहिलो आरोहण थियो ।
त्यसपछि कतारका राजकुमारसहितको टोलीले कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो । राजपरिवार सदस्यकै चासोले पनि कोरोनाकै अवस्थामा पर्वतारोहणका गतिविधि सुरु भएको थियो ।
मुख्य सिजनमा पर्वतारोहण हुन नसके पनि पर्यटन विभागले हिउँदयामका लागि भने अनुमति खुला गरेको थियो । विभागको पछिल्लो तथ्याङ्क अनुसार हिउँदयामको पर्वतारोहणका लागि अहिलेसम्म ४५ जनाले अनुमति पाइसकेका छन् । यसबीचमा लुजा पिक, क्युङ्ग्या रीप् टु, अमादब्लम, सुर्मा सरोवर, रोकापी, मनास्लु, थापा पिक, चुक्युमा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।
पर्वतीय पर्यटनका लागि आरोहीले एक महिनाभन्दा बढी नै समय बिताउने भएकोले पाँच दिन क्वारेन्टिन बस्नुपरे पनि पर्वतारोहण भने चालू रहेको शेर्पा बताउनुहुन्छ । तर सीमित अवधिका लागि मात्र नेपाल आउने पर्यटकलाई क्वारेन्टिन प्रावधानका कारण पदमार्ग तथा घुमघामका लागि भने पर्यटक आउन सकेका छैनन् ।
पर्यटन व्यवसायीहरूले तत्काल यस्तो प्रावधान हटाएर कोरोना परीक्षणको आधारमा नेगेटिभ रिपोर्ट आएका पर्यटकलाई घुमघामका लागि खुला गर्नुपर्ने माग राखेका छन् । देशभित्रै ठूला आमसभाहरू आयोजना हुँदा पर्यटकलाई क्वारेन्टिनकै कारण नेपाल भित्रिन रोक्न नहुने उनीहरूको भनाइ छ ।


प्रकाशित मिति: मंगलवार, फाल्गुन १८, २०७७, १०:०१:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल र भारतबीचको सडक यातायात सञ्चालन गर्न सरकारलाई सिफारिस
राना र कठरिया थारु समुदायमा ‘होरी’ पर्वको रौनक सुरु
चीनतर्फ आरोहण बाटो बन्द हुँदा नेपालबाट सगरमाथामा आरोही बढ्ने
सगरमाथा आरोहण गर्न बहराइनका राजकुमार सहितको टोली नेपालमा
पर्यटन
इटहरीमा सुरु भो फुड फेस्टिबल, दर्जनौ कलाकारको प्रस्तुति रहने फेस्टिबलमा चर्चित गायक सुगम पोखरेल, नेपाल आइडल सिजन ३ का रनरअप किरण भुजेल, गायिकाद्धय एलिना चौहान, ममता गुरुङ, समीक्षा अधिकारी तथा कमेडी च्याम्पियनका सुमन कोइरालाले मनोरञ्जन दिनेछन् ।
64x64
आइतवार, चैत्र १, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
पर्यटन
कावासोतीस्थित बालुवाडाँडाबाट प्याराग्लाइडिङको परीक्षण सफल
64x64
शनिवार, फाल्गुन ८, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
ताजा समाचार
शिवपुरी राष्ट्रिय निकुञ्‍जमा डढेलो : तीनवटा हेलीकोप्टरबाट पानी खसालेर निभाईयो आइतवार, चैत्र २९, २०७७
वैशाख १ मा राष्ट्रपतिले फेरि ४५२ लाई विभूषित गर्दै
घोडेजात्राको रौनक यस्तो देखियो (फोटो फिचर)
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच फोन संवाद
कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए
गैँडा गणना आज सकियो, भोलि नतिजा सार्वजनिक गरिने
विद्यालय वा अन्य स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने सिफारिस
स्वास्थ्य
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि जनता नेपाल
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए जनता नेपाल
कोरोना संक्रमित बढ्न थाल्यो, चौबिस घण्टामा २६६ सङ्क्रमित थपिए जनता नेपाल
अन्तर्राष्ट्रिय
भारतमा माओवादी हमला: कम्तिमा २२ सुरक्षाकर्मीको मृत्यु आइतवार, चैत्र २२, २०७७
भारतमा एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित थपिए शुक्रवार, चैत्र १३, २०७७
राजनीतिक संकटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति शनिवार, फाल्गुन २९, २०७७
रोजगार
नेपाल प्रहरीमा एकैपटक एक सय ४९ इन्सपेक्टर भर्ना (सूचीसहित) आइतवार, चैत्र ८, २०७७
जीटुजीमार्फत कतारमा कामदार पठाउन सरकार गृहकार्यमा बुधवार, फाल्गुन २६, २०७७
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
उद्योग
चार ठूला चिनी उद्योगहरू बन्द, चिनीको आयातमा ठूलो रकम बाहिरिने
चौधरी ग्रुपमाथि गरिबी निवारण मन्त्रालयको कारबाही, १४ रोपनी सरकारी जग्गा कब्जा गरेको खुलाशा
रुपन्देहीको प्लाईवुड फ्याक्ट्रीमा आगलागी हुँदा ९ करोडको क्षति
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #विप्लव समूह
  • #आजको मौसम पूर्वानुमान
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP