नेपाल विद्युत् प्राधिकरणले महसुल नतिरेका कारण एनसेलको कास्की कार्यालयको लाइन काटिदिएको छ।
प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय अन्तर्गत लेखनाथ वितरण केन्द्रले एनसेल कार्यालय कास्कीमा १९ पुस बिहान १०ः४६ बजेदेखि विद्युत् लाइन काटिदिएको हो।
प्राधिकरणले १९ पुसमा गरेको निर्णय अनुसार एनसेलले रू. १३ करोड ८० लाख १७ हजार ७४५. ३० पैसा नबुझाएका कारण एनसेल आजीआटा लिमिटेड कास्कीलाई जानकारी दिएरै लाइन काटेको हो।
कास्की जिल्ला अदालतबाट १४ पुसको आदेश अनुसार र प्राधिकरणको कानूनी विभागको १६ पुसको राय अनुसार एनसेलले १६ भदौ २०७७ मा पठाएको पत्र अनुसार १३ करोड हालसम्म नबुझाएका कारण बिजुलीको लाइन काटिएको प्राधिकरणको निर्णयमा उल्लेख छ।
यो रकम अनिवार्य बुझाउन पनि प्राधिरकण कास्कीका केन्द्र प्रमुख ई. परितोषकुमार चौधरीले एक पत्रमामार्फत् आग्रह पनि गरेका छन्।
एनसेल कास्कीका अनुसार अदालती प्रक्रियामा रहेको बिजुलीको बिल तिर्ने मुद्दाको टुंङ्गो लागेको छैन।