Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलवार, फाल्गुन १८, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
आगामी प्रतिनिधिसभाको बैठकका लागि यस्तो छ तयारी
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
स्वस्थानी व्रत समापन
नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,  
राष्ट्रपतिबाट नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना
बैकं
  • Home
  • News
  • ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स भित्रियो, बैदेशिक रोजगारीमा जाने ६८ प्रतिशतले घटे
६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स भित्रियो, बैदेशिक रोजगारीमा जाने ६८ प्रतिशतले घटे
64x64
मंगलवार, माघ २७, २०७७ जनता नेपाल

काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’मा उल्लेख भएअनुसार समीक्षा अवधिमा रेमिट्यान्स दर ११ दशमलव १ प्रतिशतले बढेको छ ।

विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास हुनुअघिको अवस्थाभन्दा अहिले नेपाल भित्रिने रेमिट्यान्स रकममा निकै सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) शून्य दशमलव ६ प्रतिशतले मात्रै बढेको थियो । यसलाई अमेरिकी डलरमा हिसाब गर्दा नेपाल भित्रिने विप्रेषण आप्रवाह दर ६ दशमलव ७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव ९ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढे पनि वैदेशिक रोजगारीमा जानेहरूको अवस्था भने यस अवधिमा निकै कमजोर देखिएको छ । चालु आवको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्या ७७ दशमलव ६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७ दशमलव ७ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीमा जाने ६८ दशमलव ९ प्रतिशतले घट्यो :

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएर विभिन्न मुलुकतर्फ जाने नेपाली कामदारको संख्या यस अवधिमा ६८ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शून्य दशमलव ५ प्रतिशतले बढेको थियो । अहिले कोरोना महामारीको प्र्रभावका कारण वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

  • ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स
  • विदेशी मुद्राको सञ्चिति १५ खर्ब नजिक, १४ महिनाको वस्तु आयात धान्ने

यो अवधिमा विदेशी मुद्राको सञ्चिति १५ खर्ब नजिक पुगेको देखिन्छ । चालु आवको ६ महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६ महिनामा ६ दशमलव ६ प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा कुल १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा गत पुस मसान्तमा ९ दशमलव ७ प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आवको बितेका ६ महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ दशमलव ९ महिनाको वस्तु आयात र १२ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने अनुमान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमशः ३९.७ प्रतिशत, १०५.२ प्रतिशत र ३२.२ प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरू क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा गत पुस मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १३ खर्ब १८ अर्ब ६६ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकामा गत पुस मसान्तमा ०.४ प्रतिशतले कमी आई १ खर्ब ७५ अर्ब ९ करोड कायम भएको छ । गत पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३ दशमलव ५६ प्रतिशत छ । यसैगरी आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ । यसैगरी मुलुकको शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको छ । संघीय सरकारको खर्च ४१५ अर्ब ७५ करेड रुपैयाँ र राजस्व परिचालन ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ छ । विस्तृत मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी ११ प्रतिशतले बढेको छ ।

वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर १५ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा चालु खाता ४९ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ६५ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ ।

खर्च तथा राजस्वको अवस्था

यस अवधिमा चालु खर्चतर्फ ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ ५० अर्ब ८२ करोड रुपैयाँ र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च २२ अर्ब ५७ करोड रुपैयाँ गरी कुल ४ खर्ब १५ अर्ब ७५ करोड खर्च भएको छ । यसैगरी समीक्षा अवधिमा सरकारको कर राजस्व ३ खर्ब ८६ अर्ब ५३ करोड रुपैयाँ र गैरकर राजस्वतर्फ ३५ अर्ब ७० करोड रुपैयाँ गरी कुल राजस्व ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) परिचालन भएको छ । त्यसैगरी समीक्षा अवधिमा संघीय सरकारले ७ अर्ब रुपैयाँको ट्रेजरी बिल र ५० अर्ब रुपैयाँको विकास ऋणपत्र गरी कुल ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ ।

 


प्रकाशित मिति: मंगलवार, माघ २७, २०७७, ०५:४८:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्लोबल आईएमई बैंकको पाल्पा हुमिनमा नयाँ शाखा विस्तार
सानिमा बैंकको शाखा अब कुपण्डोलमा
मुक्तिनाथ विकास बैंकको नाफा ३०.२७% ले बढ्यो
आज नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा, १८.५० प्रतिशत लाभांश पारित गर्ने
बैकं
ग्लोबल आइएमई बैंक स्थापनाको १४औँ वर्षमा प्रवेश
64x64
आइतवार, पुष १९, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
बैकं
रेमिट्यान्समा उल्लेख्य रुपमा वृद्धि
64x64
मंगलवार, पुष ७, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
ताजा समाचार
आगामी प्रतिनिधिसभाको बैठकका लागि यस्तो छ तयारी आइतवार, फाल्गुन १६, २०७७
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
स्वस्थानी व्रत समापन
नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,  
राष्ट्रपतिबाट नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना
स्वास्थ्य
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,   जनता नेपाल
नेपालमा कोरोना: २४ घण्टामा ११२ जना कोरोना संक्रमित जनता नेपाल
नेपालमा कोरोना: ५ जना को मृत्यु, ९४ जना संक्रमित थपिए जनता नेपाल
अन्तर्राष्ट्रिय
सैन्य कू गरेयता पहिलोपटक म्यान्मारका सेना प्रमुखले गरे सम्बोधन मंगलवार, माघ २७, २०७७
अविरल वर्षापछि मोरक्कोमा बाढीपहिरो : कम्तिमा २४ जनाको मृत्यु मंगलवार, माघ २७, २०७७
भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु पुस्टि, ३०० बढी बेपत्ता सोमवार, माघ २६, २०७७
रोजगार
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
सेनामा रोजगार: सेनाले माग्यो २०० जना क्याप्टेन, प्रमाणपत्र तह पास गरेकाले दरखास्त दिनसक्ने बिहिवार, माघ २२, २०७७
पाँच वर्षपछि इजरायलमा खुल्यो रोजगारी, जाने खर्च-आम्दानी यस्तो छ शुक्रवार, माघ ९, २०७७
उद्योग
सुर्य प्लाई २५ औ वर्षमा प्रवेश
उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
नवलपुरमा भेटियो शुद्ध फलामखानी, चीनमा गरिएको परिक्षणमा ३५ प्रतिशतसम्म शुद्ध फलाम
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #हिमपात
  • #म्युजिक भिडियो
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP