सेञ्चुरी कमर्सियल बैंकले ग्राहक वर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारदेखि काठमाडौं महानगरपालिका वडा नं.२५ स्थित असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका संचालक समिति सदस्य प्राडा गीता प्रधान र वडा नं.२५ का अध्यक्ष राजेश डंगोलले शाखाको संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीय लगायतको उपस्थिति रहेको थियो । असन शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र शाखा संख्या २८ पुगेको बैंकले जनाएको छ ।